Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका ९ शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका ९ शक्तिपीठमा पूजाअर्चना

10/19/2026, 5:03:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका ९ शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् । बडादशैंका अवसरमा शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ भने यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । यो अवसरमा काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने राखेपको दाबी, ३२ खेल समावेश
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने राखेपको दाबी, ३२ खेल समावेश

हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहतासँग गरिएको ...

पर्दाफास
क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?
OthersJust now

क्यानडाबाट छुट्टिने विषयमा आज अल्बर्टामा मतदान, के हो विवाद ?

२ कात्तिक, काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तमा आज जनमत सङ्ग्रह भइरहेको छ। यसमा मानिसहरूले प्रान्त क्यानडाकै हिस्सा बनिरहने वा छुट्टिने भन्ने निर्णय गर्नेछन्। इप्सोस-ग्लोबल न्युजको सर्वेक्षणअनुसार अल्बर्टाका करिब ७० प्रतिशत मानिस क्यानडासँगै रहने पक्षमा छन्। यति हुँदाहुँदै पनि छुट्टै देश बनाउनुपर्ने माग गर्नेहरू पछि हट्न तयार छैनन्। अल्बर्टामा छुट्टै देश बनाउने माग कुनै नयाँ कुरा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play