Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्र बैंकको अध्ययन : उद्योगको उत्पादन क्षमता ४३ प्रतिशतमा सीमित हुँदा घट्यो रोजगारी

राष्ट्र बैंकको अध्ययन : उद्योगको उत्पादन क्षमता ४३ प्रतिशतमा सीमित हुँदा घट्यो रोजगारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र बैंकको अध्ययन : उद्योगको उत्पादन क्षमता ४३ प्रतिशतमा सीमित हुँदा घट्यो रोजगारी

काठमाडौं । उद्योगहरूमा उत्पादन क्षमता आधाभन्दा कम मात्रै उपयोगमा रहेको पाइएको छ। नेपाल राष्ट्र बैंककले वर्ष २०८२/८३ को तथ्यांकलाई आधारित भएर कोसी प्रदेशमा गरेको अध्ययनले उद्योगको क्षमता उपयोग हुन नसकेको देखाएको हो। बजार मागमा कमी र आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा अधिकांश उद्योगको उत्पादन घटेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार नमुना छनोटमा समेटिएका २५ उद्योग समूहअन्तर्गतका ४२ उद्योगको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो क्षमता उपयोग ४१.८ प्रतिशत थियो। यसअनुसार उद्योगहरूको क्षमता उपयोगमा १.३ प्रतिशत बिन्दुले सुधार भएको देखिए पनि उद्योगहरू कुल उत्पादन क्षमताको आधाभन्दा कम मात्रै उपयोग गरिरहेका छन्। कोसी प्रदेशको मोरङ, सुनसरी र झापा जिल्ला औद्योगिक क्षेत्रको रुपमा परिचित छन्। उद्योगको क्षमता उपयोगमा भएको झिनो सुधारले उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पार्न सकेको देखिँदैन। अध्ययनमा समेटिएका उद्योगमा कार्यरत श्रमिकको संख्या अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले घटेर १६ हजार ९६२ मा झरेको छ। अघिल्लो आर्थिक वर्षमा भने औद्योगिक श्रमिकको संख्या २.२ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकको अध्ययनमा नमूना छनोटमा परेका उद्योगमध्ये भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ११८ प्रतिशत पुगेको छ। अर्कोतर्फ, वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ६.५ प्रतिशतमा सीमित भएको छ। अध्ययनका अनुसार, भटमासको तेल, तोरीको तेल, टायर तथा ट्युब, इँटा, धागो, चाउचाउ, बिस्कुट, चिनी, प्लास्टिकका सामान, गार्मेन्ट, चप्पल, प्रशोधित चिया र जुटका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग तुलनात्मक रूपमा उच्च रहेको छ। यसको विपरीत वनस्पति घिउ, घरेलु धातुका सामान, सिमेन्ट, जीआई तार, साबुन, चामल, प्रशोधित दूध, फलामका छड, पत्ती तथा सामान, पशुदाना, कागज, कच्चा छाला र सिन्थेटिक कपडा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग न्यून रहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा समेटिएका २५ उद्योग समूहमध्ये १३ वटाको औसत क्षमता उपयोग ५० प्रतिशत वा सोभन्दा बढी छ भने १२ वटा उद्योग समूहको क्षमता उपयोग ५० प्रतिशतभन्दा कम छ। यसले प्रदेशको औद्योगिक क्षेत्रभित्रै पनि उत्पादन क्षमता उपयोगमा ठूलो अन्तर रहेको देखाउँछ। बजार मागमा आएको कमी र आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्नु अधिकांश उद्योगको उत्पादन घट्नुका प्रमुख कारण रहेको राष्ट्र बैंकको अध्ययनले औँल्याएको छ। उद्योगहरूले आफ्नो उत्पादन बिक्री गर्न बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भए पनि कच्चा पदार्थको आयातमा निर्भरता, ढुवानी खर्च र अन्य व्यावसायिक कठिनाइले प्रतिस्पर्धी क्षमता कमजोर बनाएको देखिन्छ। औद्योगिक उत्पादनसँगै रोजगारीमा पनि दबाब देखिएको छ। जिल्लागत रूपमा सुनसरीका उद्योगमा कार्यरत श्रमिकको संख्या अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले बढेको छ। तर मोरङमा ७ प्रतिशत, झापामा ३.१ प्रतिशत, इलाममा ५.७ प्रतिशत र उदयपुरमा १४.६ प्रतिशतले श्रमिक संख्या घटेको प्रतिवेदनमा उल्लेख छ। औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकमध्ये ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिला छन्। उद्योगहरूमा श्रमिकको संख्या घट्नुले औद्योगिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा चुनौती रहेको संकेत गर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना
ताजा खबरJust now

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आगामी तीन दिनको मौसम सामान्य नै रहने जनाएको छ।  तर, आउँदो बुधबार (कार्तिक ११) गतेदेखि १५ गतेसम्म भने नेपालमा पनि हिउँ र पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।  शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखले भनेको छ, ‘आगामी तीन दिनको मौसम सामान्य नै रहने ... ...

नेपालखबर
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
ताजा खबरJust now

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन... ...

रातोपाटी
जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
ताजा खबरJust now

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

काठमाण्डुपाटी
देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
ताजा खबरJust now

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन

बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play