Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्‍यो उद्धार
Photo / Coverage: पर्दाफास

नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो । हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जङ्गलमा अलपत्र परेका थिए। जङ्गलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो। रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उनले जानकारी दिए । उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए । यस्ता घटनाले रारा क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा र व्यवस्थापन पक्षलाई लिएर गम्भीर प्रश्न उब्जाएको छ । स्थानीय बासिन्दाहरूका अनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (सङ्केत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक) को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन्। देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन्। तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलो पटक आउने पाहुनाहरू जङ्गलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्रिपरिषद्को बैठक बस्दै
OthersJust now

मन्त्रिपरिषद्को बैठक बस्दै

१८ कात्तिक, कात्तिक । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन… ...

अनलाइन खबर
‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल
OthersJust now

‘भीम सानै हुन नपाउने हो र ?’ जीतु नेपाल

यही कार्तिक २० गतेदेखि रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिँदैछन्, अभिनेता जीतु नेपाल । फिल्मको ट्रेलरमा जीतुलाई अभिनेता हरिवंश आचार्यले ‘भीम’ भनेर बोलाउँदा ‘म त भीमसेन हुँ’ भनेको दृश्य राखिएको छ । भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर, ट्रेलरमा जीतुलाई भीमका रूपमा प्रस्तुत गरिएपछि… ...

अनलाइन खबर
बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा
OthersJust now

बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । बिग मुभिजले दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको थियो । कम्पनीले अहिले हलको रिनोभेसन गरिरहेको छ । रिनोभेसनका क्रममा आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play