काठमाडौँ । पछिल्लो समय तिहारको समयमा कुचोको माग बढ्दै गएको छ । सरसफाइको प्रतीक मानिने कुचो तिहारमा ठुलो मात्रामा बिक्री हुने गरेको छ । नेपालको आन्तरिक बजारमा मात्रै यसपटक तिहारमा २० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान छ । सरसफाइ हुने ठाउँमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । सरसफाइको प्रतीक मानिने कुचो धन्तेरसदेखि लक्ष्मीपूजाको दिनको अवधिमा किनेर कुचो घरमा लगे लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ । नेपाल कुचो सङ्घका अध्यक्ष राजकुमार कार्कीका अनुसार,“कुचो सनातन कालदेखि नै लक्ष्मीपूजामा पूजा गर्ने प्रचलन छ । लक्ष्मीले सरसफाइ मन पराउने र जहाँ सफा–सुग्घर हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने मान्यताका कारण तिहारमा नयाँ कुचो किनेर घरमा राख्ने चलन छ ।”
तिहारमा सरसफाइको प्रतीक कुचोको ‘क्रेज’ : व्यवसायीलाई भ्याइनभ्याइ (फोटोफिचर)

Read Complete Original Article
Published originally on टक्सार






