Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् । भण्डारीले नेपाल जलस्रोत, वन, जडीबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन् । जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ । जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने उनले बताइन् । यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिइन् । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् । उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा (एमाले) ले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गरिन् । देश र जनताको हितमा पार्टीले गरेका काम र उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रहरीको आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनाेज केसी नियुक्त
Latest NewsJust now

नेपाल प्रहरीको आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनाेज केसी नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएको छ । आज बसको मन्त्रीपरिषद बैठकले कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ । कार्कीलाई प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो । ...

टक्सार
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय
Latest NewsJust now

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । ...

अनलाइनपाना
गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले बुझे सर्वाधिक रोयल्टी
Latest NewsJust now

गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले बुझे सर्वाधिक रोयल्टी

काठमाडौँ । वरिष्ठ गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले सर्वाधिक रोयल्टी बुझेका छन् । सङ्गीत रोयल्टी सङ्कलन समाजले शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर बुधबार स्रष्टाहरूलाई रोयल्टी वितरण गरेको छ... ...

रातोपाटी
आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त
Latest NewsJust now

आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी डा. मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play