रामेछापको भुजी पहिरो स्थानीयको लागि अभिशाप बन्दै, एक सय घरपरिवार विस्थापित

रामेछाप, कात्तिक १ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीस्थित रामजीथान पहिरो स्थानीयवासीका लागि दीर्घकालीन समस्या बन्दै गएको छ। विसं २०७२ को भूकम्पपछि सुरु भएको पहिरोले विकराल रूप लिँदै जाँदा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ भने करिब एक सय घरपरिवार विस्थापित भएका छन्। पहिरो निरन्तर झरिरहने भएकाले विशेषगरी वर्षायाममा स्थानीयवासीलाई आवतजावत गर्न कठिन हुने गरेको छ। स्थानीय शिक्षक पशुपति घिमिरेका अनुसार पहिरोका कारण विद्यालय जाने विद्यार्थी तथा उपचारका लागि स्वास्थ्य चौकी पुग्नुपर्ने बिरामीले समेत सास्ती खेप्नुपरेको छ। पहिरोका कारण भूजीका ठिन्केपु, पिपलडाँडा, सारिटोल र कोकर्सीका करिब एक सय घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवार भूजीको कोलडाँडामुनि बसोबास गर्न थालेका छन्। पहिरोको जोखिमका कारण पिपलडाँडाका वडाध्यक्ष रुद्रमणि नेवारसहित २५ घरपरिवार अन्यत्र बसाइँ सरेका छन्। पहिरोले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याउनुका साथै स्थानीयवासीको दैनिक जीवनसमेत प्रभावित बनाएको छ। पहिरोका कारण रुना, ठिन्केपु, पिपलडाँडा र फास्तुबाट वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीसम्म पुग्नसमेत कठिन भएको छ। स्थानीयवासीलाई आवतजावतमा सहजता प्रदान गर्न पहिरोकाे मुनि मुहान खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। पुल निर्माणपछि केही राहत मिलेको भए पनि त्यहाँ पुग्न आधा घण्टाभन्दा बढी घुम्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ। वडाध्यक्ष नेवारका अनुसार रामजीथान पहिरो रामेछाप जिल्लाकै दोस्रो ठूलो पहिरो हो। पहिरोका कारण स्थानीयवासी आधारभूत सेवासमेत सहज रूपमा प्राप्त गर्नबाट वञ्चित भएको उहाँले बताउनुभयो। पहिरोको छेउमा अहिले पनि बस्ती रहेकाले माथिबाट झर्ने ढुङ्गा र लेदो बस्तीमा पस्ने जोखिम कायमै छ। यसले स्थानीयवासीको जनधनको सुरक्षामा थप चुनौती सिर्जना गरेको छ। पहिरो नियन्त्रणका लागि वडा र गाउँपालिकाबाट भएका प्रयास पर्याप्त नभएको उल्लेख गर्दै वडाध्यक्ष नेवारले दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गर्नुभएको छ। वर्षौंदेखि पहिरोको जोखिम झेल्दै आएका स्थानीयवासीलाई सुरक्षित आवास, सहज आवागमन र आधारभूत सेवा उपलब्ध गराउन सम्बन्धित निकायबाट प्रभावकारी पहल आवश्यक देखिएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एमालेसँग मिलेर मधेशमा सरकार बनाउन लागेको हल्ला गलत : जसपा अध्यक्ष यादव
काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यादवले जसपा नेपालले वर्तमान अवस्थामा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुनेबारे कुनै निर्णय, नीति वा सहमति नभएको स्पष्ट पारे। उनले भनेका छन्,‘जनता समाजवादी पार्टी , नेपाल […] ...

महाअष्टमीमा उग्रतारा भगवतीको दर्शन गर्न भक्तजनको भीड
महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ । दसैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला ...

ढुङ्गे-त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा, स्थानीयलाई राहत
भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्णरूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो । गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार गर्न स्थानीयवासीले तुइन तथा जिपलाइनको सहारा लिँदै ...

हारजित बिर्सेर एकताबद्ध हुन परियारको आग्रह
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियार ...


