Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

10/24/2026, 3:06:42 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्तीसोनारीमा दुई कार एकआपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, अर्को कार बा.प्र. ०१–०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । सोही कारका चालक घोराही–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट
OthersJust now

होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईवटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्। रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाका अनुसार, विस्फोटका कारण दुवै जहाजका इन्जिन कक्षमा आगलागी भएको र जहाजहरू रोकिएको नौसेनाले जनाएको छ। आईआरजीसीको आधिकारिक समाचार माध्यम ...

पर्दाफास
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल
OthersJust now

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल

अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे जानकारी गराउन लागिएको उल्लेख छ । ...

अनलाइन खबर
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
OthersJust now

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल

नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय ...

पर्दाफास
इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान
OthersJust now

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play