Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रसुवाको बाढीमा आफन्त बेपत्ता हुँदा जुम्लाका कैयौँ परिवारलाई 'दशैँ दशा बनेर आयो'

रसुवाको बाढीमा आफन्त बेपत्ता हुँदा जुम्लाका कैयौँ परिवारलाई 'दशैँ दशा बनेर आयो'

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवाको बाढीमा आफन्त बेपत्ता हुँदा जुम्लाका कैयौँ परिवारलाई 'दशैँ दशा बनेर आयो'

रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवामा गएका जुम्लाका ६३ जना मानिसहरू अहिले पनि बेपत्ताको सूचीमा रहेका छन्।बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारको लागि डीएनए नमुना सङ्कलन गरिएको छ। उनीहरूको अहिलेसम्म न सास भेटिएको छ नत लास नै भेटिएको छ।धन कमाएर घर परिवारको गर्जो टारौँला भनेर गएको छोरा रसुवाको बाढीमा हराउँदाको पीडा शब्दमा बयान गर्न नसकिने पातरासी गाउँपालिकाका ४ लाम्री गाउँकी चन्द्ररूपा बुढा बताउँछिन्।"मेरा तीनवटा छोरामध्ये माइलो र कान्छो छोरा बाढीमा हराए। अहिले पनि कतैबाट आउँछन् कि भनेर बाटो हेरिरहन्छु," उनले भनिन्।गत वैशाख महिनामा गएको छोरा कमाइ गरेर दशैँमा विवाह गर्ने सोचमा रहेको भए पनि यस वर्षको दशैँ हाम्रो परिवारको लागि दशा बनेर आएको आफ्ना छोरा गुमाएका लाम्री गाउँका अर्का स्थानीय बासिन्दा दलबहादुर बुढाले बताए।"मेरा गाउँका १५ जना युवा रसुवाको बाढीमा हराएपछि गाउँ नै अहिले शोकमा डुबेको छ," उनले भने।विवाह दर्ता नहुँदा आमा र बच्चा समस्या झेल्दैयहाँ रोजगारीको कुनै पनि आधार नभएपछि घर परिवारको लालनपालनको लागि रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्बर भण्डारी र अनिल भण्डारी दुवै बावुछोरा बाढीमा बेपत्ता भएको डम्बर भण्डारीकी छोरी रिता भण्डारीले बताइन्। राज्यले समयमा उद्धार नगरेका कारण आफ्नो बुवा र भाइ दुवै जना सुरुङमा हराएको उनको भनाइ छ।धन कमाउन गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ की भन्ने आशा नमरेको लाम्री गाउँकी ७० वर्षिय लाउरी बुढाले बताइन्। उनले भनिन्, "साना साना नातिनातिना छन्, घरको कमाउने मूल खम्बा नै ढलेपछि कसको सहारामा बाँच्ने होला भन्ने पीडाले सताइरहन्छ।"पातरासी-२ तल्फी गाउँका दीपराज बोहरा पनि रसुवाको बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको उनका बुवा धनबहादुर बोहरा बताउँछन्। उनले भने, "घरमा एउटा नाति छ। बुहारी गर्भवती अवस्थाकी छन् कसरी समाल्ने भन्ने पीडा मनमा छ। सुरुङमा रहेको आफ्नो छोरा समयमा उद्धार नहुँदा बेपत्ताको सूचीमा रहनु परेको छ।" ‘बोनसमा जिन्दगी’ पाएका एक युवा जो कान सुन्दैनन् तर लोकसेवामा एक नम्बरीकर्णालीका गाउँ-गाउँमा बाह्रै महिना मेला पातरासी गाउँपालिका र गुठिचौर गाउँपालिकाका गरेर ५८ जना युवा बाढीमा बेपत्ता भएपछि उनीहरूबाट जन्मेका सन्तान र उनीहरूका श्रीमतीहरूको विवाह दर्ता समेत हुन सकेको छैन।राज्यबाट पाउने सेवासुविधा कसरी लिने होला भन्ने समस्या भइरहेको कविता बुढा बताउँछिन्। उनको साथमा ९ महिनाकी छोरी छन्। उनले भनिन्, "उमेर नपुग्दै विवाह गरेकी हुँ। उमेर पुगेपछि विवाह दर्ता गरौँला भन्ने सोचमा रहेका हामी यति छिट्टै छुटिनु पर्ला भन्ने सोचेकी थिइनँ।"पातरासी र गुठिचौरका १९ वर्ष देखि ४० वर्ष सम्मका मानिसहरू मात्र रसुवाको बाढीमा बेपत्ता भएका छन्। उनीहरूका अनुसार कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान पाउन कठिन भइरहेको छ। गृह मन्त्रालयसँग समन्वययसको लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताए।पातरासी गाउँपालिकाका ४९ जना, गुठिचौर गाउँपालिकाका ९ जना, चन्दननाथ नगरपालिकाका ४ जना र सिँजा गाउँपालिकाको १ जना गरेर जुम्लाका ६३ जना मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्।बाढीमा बेपत्ता भएका मानिसहरूको अहिलेसम्म कुनै पनि जानकारी नभएपछि आफ्नो संस्कार अनुसार कतिपय परिवारले दाहसंस्कार गरिसकेका छन्। पाँच वर्षमा कर्णालीले के पायो जुन सङ्घीयता नहुँदा पाएको थिएन?कर्णालीमा किन मान्यजनले पनि आफूभन्दा सानाको हातबाट टीका-जमरा लगाउँछन् बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

१२ गाउँ-२ :  एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
ताजा खबरJust now

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता

'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ । ...

कान्तिपुर
पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
ताजा खबरJust now

पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ

BBC ऐतिहासिक अभिलेखका अनुसार कम्तीमा ८०० वर्ष पहिले कोल्लूर गाउँ विश्व प्रसिद्ध कोहिनूर हीरा खानीको लागि परिचित थियो जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको ...

बीबीसी नेपाली
खानामा स्वादसँगै संस्कृति
ताजा खबरJust now

खानामा स्वादसँगै संस्कृति

काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

नेपालन्युज
मुन्दुममा डुबेको मिङमार मन्दुमी
ताजा खबरJust now

मुन्दुममा डुबेको मिङमार मन्दुमी

गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play