Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

रवि लामिछानेको घोषणा- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछानेको घोषणा- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् । उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको बताए । जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ । लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए । उनले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न आग्रह गरे । रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उनको भनाइ छ । सरकारले गरेका केही काममा त्रुटी देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उल्लेख गर्दै उनले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गरे । लामिछानेले सरकारले आफ्ना प्रतिवद्धता पूरा गर्न काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गरे । उनले सरकारले छठ पर्वलाई महत्त्व दिँदै बिदा दिने निर्णय गरेको प्रसङ्ग पनि उल्लेख गरे । छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको महत्त्व रहने भएकाले पर्वका सबै पक्षलाई ध्यानमा राखेर सरकारले बिदा दिने निर्णय गरेको उनको भनाइ छ । लामिछानेले भने, ‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेस र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो । हाम्रो प्रतिवद्धता स्पष्ट छ । जति बोल्छौँ, त्यति नै गर्छौँ । जनतालाई झूटो आश्वासन दिएर राजनीति गर्दैनौँ । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो । साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ ।’ रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै लामिछानेले जनताको विश्वासलाई कुनैपनि हालतमा ओझेल पर्न नदिन पार्टी पङ्क्तिलाई आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा
OthersJust now

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् । खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो । मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय… ...

अनलाइन खबर
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति
OthersJust now

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति

नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ । ...

अनलाइन खबर
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै
OthersJust now

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ । ...

अनलाइन खबर
ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने
OthersJust now

ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् । उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play