Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् । उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको भनाई छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उनले बताए । उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए । आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनको दाबी थियो । उनले प्रहरी संगठनको सेवा, सुविधा, पोशाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए । उनले भने, ‘पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुशी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो । कर्मचारीहरूको त्यस्तै छ । एक पल्ट कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदै छ । एक पल्ट उद्यमी, व्यवसायीहरू एक तालले लिएर भज मन गोविन्दम् जस्तो गर्दै गएका थिए । पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमाशा, कहिले के निस्किन्छ, कहिले के निस्किन्छ, अहिले एउटा के बाबु निस्किया छ, ईनम सापकोटा । इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ । इनम सापकोटा भन्ने नचाएका छन् । अनि इनम सापकोटा जताबाट हे¥यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ । यो के का विरुद्ध अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।’ उनले विचौलिया इनम सापकोटाको सम्बन्धका बारेमा पनि प्रश्न उठाए । सरकारले आफैँले ईनमलाई विचौलियाको रूपमा प्रयोग गरेको उनको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै
OthersJust now

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ । ...

अनलाइन खबर
‘ककाकिकी’ को प्रचार फन्डा : प्रहरी आए, कलाकार पक्राउ परे
OthersJust now

‘ककाकिकी’ को प्रचार फन्डा : प्रहरी आए, कलाकार पक्राउ परे

काठमाडौं । हास्यप्रधान फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा शनिबार एउटा अनौठो दृश्य देखियो । कार्यक्रम चलिरहेको थियो । करिब एक घण्टा लामो कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा फिल्म पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्नका लागि आग्रह गरिरहेका थिए । एक पत्रकारले प्रश्न सोध्दै गर्दा अचानक ४-५ जना प्रहरी हलभित्र प्रवेश गरे । प्रहरीलाई देखेपछि हलमा… ...

अनलाइन खबर
एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ : ओली
OthersJust now

एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताए । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख ...

पर्दाफास
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद
OthersJust now

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play