Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ : ओली
Photo / Coverage: पर्दाफास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताए । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उनले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उनले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाए । उनले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताए । उनले पछिल्लो समय जनता उम्मेदवार तथा राजनीतिक नेतृत्वको पृष्ठभूमि, इतिहास, विचार, चरित्र र आचरणको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको समेत आरोप लगाए । यस्तो प्रवृत्तिबाट जनतालाई सचेत गराउनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको उनको भनाई छ । पार्टीको राजनीतिक गतिविधिमा युवाहरूको परिचालनलाई विशेष प्राथमिकता दिन पनि निर्देशन दिए । युवाहरूलाई पार्टीमा संगठित गर्दै सक्रिय कार्यकर्ताका रूपमा परिचालन गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन उनको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने
OthersJust now

ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् । उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको ...

पर्दाफास
‘ककाकिकी’ को प्रचार फन्डा : प्रहरी आए, कलाकार पक्राउ परे
OthersJust now

‘ककाकिकी’ को प्रचार फन्डा : प्रहरी आए, कलाकार पक्राउ परे

काठमाडौं । हास्यप्रधान फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा शनिबार एउटा अनौठो दृश्य देखियो । कार्यक्रम चलिरहेको थियो । करिब एक घण्टा लामो कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा फिल्म पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्नका लागि आग्रह गरिरहेका थिए । एक पत्रकारले प्रश्न सोध्दै गर्दा अचानक ४-५ जना प्रहरी हलभित्र प्रवेश गरे । प्रहरीलाई देखेपछि हलमा… ...

अनलाइन खबर
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद
OthersJust now

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् । ...

अनलाइन खबर
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
OthersJust now

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play