Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

10/23/2026, 7:03:07 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । सभापति लामिछाने शुक्रबार (कात्तिक ६ ) गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रवि लामिछाने भारत प्रस्थान
OthersJust now

रवि लामिछाने भारत प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। ...

पर्दाफास
क्रसरको पानी पोखरीमा डुबेर सुनकाेसीमा आमाछोरीको मृत्यु
OthersJust now

क्रसरको पानी पोखरीमा डुबेर सुनकाेसीमा आमाछोरीको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी ...

पर्दाफास
बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिनले पोखरा एभेन्जर्सबाट खेल्ने
OthersJust now

बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिनले पोखरा एभेन्जर्सबाट खेल्ने

६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी खेलाडी हुन्। उनी टोलीका पाँचौं विदेशी खेलाडी पनि हुन्। पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play