रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति

काठमाडाै, कात्तिक १३ । जलस्राेत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजालको गिरफ्तारीमा नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर असहमति जनाएको छ। एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रेस विज्ञप्ति जारी गरी रजौरिया र रिजालको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रधानमन्त्रीको कार्यालयमा उपस्थित गराइएको थियो। प्रधानमन्त्री कार्यालयकाे साे कामलाई लिएर इन्जिनियर्स एसोसिएसनले शुक्रबार असहमति जनाएको हो। एसोसिएसनले कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ। ‘कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने एशोसिएसनको स्पष्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि नै प्रश्न उठ्ने भएकाले यसप्रति एशोसिएसन गम्भीर असहमति व्यक्त गर्दछ।’ उनीहरूलाई पक्राउ गर्नुको कानुनी आधार सार्वजनिक गर्न पनि एसोसिएसनले माग गरेको छ। यससँगै दुवै जनाको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न पनि एसोसिएसनले आग्रह गरेको छ। ‘एसोसिएसन सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा वहाँहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गर्दै कानून बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा सहभागी हुन नेपाल आइपुगिन् ‘मिसेस वर्ल्ड’ चनिता
‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण ...

लिङ्देनले गरे ९५औँ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । ...

हत्या र बम विस्फोटपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन
आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् । नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुका साथै बम विस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ...

हिमाली पर्यटनमा विश्वास जगाउन विश्व शान्ति पूजाको तयारी, सगरमाथा क्षेत्रमा हजारौँको जमघट हुने
पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पुर्याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ । नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटा) का पूर्वकार्यकारी सदस्य आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको ...


