यो सरकारको केटाकेटीपन र अपरिपक्वताले देश चल्दैन -नेता सुदेश पराजुली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको रास्वपा नेतृत्वको सरकारले जनअधिकारको कटौती र बेवास्ता गरेको आरोप लगाएका हुन् । नेता पराजुलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सन्तुलित सम्बन्धमा सरकारले खलल पुर्याएको दावी गरे । निर्वाचनका बेला रास्वपाले गरेका बाचाहरू भाषणमै सीमित भएको उनको टिप्पणी थियो। रास्वपा सरकारको केटाकेटीपन र अपरिपक्वताले देश नचल्ने दाबी गर्दै उनले सरकारलाई आफ्ना गल्ती सुधार्न सुझाव दिए । नेकपाले सुरु गर्न लागेको जागरण अभियानमार्फत सरकारका गलत कदमहरूबारे जनताका बीचमा पुगेर खबरदारी गरिने उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मधेसमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
आदेशमा भाषिक न्याय तथा समावेशी शासनका सिद्धान्तलाई पनि महत्त्व दिइएको छ। ...

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

दसैँ गीतका जन्मकथा
दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...


