यू-१९ विश्वकपको खेल तालिका सार्वजनिक, १५ खेल नेपालमा हुने

नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका छन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगिताको सहआयोजकमा नेपाल रहेको छ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
स्वदेश तथा विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कोही कामको व्यस्तताले त कोही घरबाट टाढा भएकाले परिवारसँग टीका लगाउनबाट वञ्चित हुन्छन् । कतिपय नागरिक स्वदेशमै रहेर पनि सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने जिम्मेवारीका कारण परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन् । स्वास्थ्य, सुरक्षा लगायतका अत्यावश्यक सेवामा खटिने कर्मचारीले यसरी नै बडादसैँको टीका परिवारसँग लगाउन पाउँदैनन् ...

वर्षौँदेखि रोकिएको कुमारी माजुको परम्पराले मध्यपुर थिमिमा पायो निरन्तरता
भक्तपुर, कात्तिक ४ । मध्यपुर थिमिमा वर्षौँदेखि निरन्तरता पाउन नसकेको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्पराले यस वर्षदेखि पुनः निरन्तरता पाएको छ। बडादसैँको अवसरमा कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराई दर्शन तथा टीका ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ। अष्टमातृका, अष्टभैरव तथा कुमारी माजुलाई नगरको रक्षकका रूपमा पुज्ने नेवार समुदायको परम्पराअनुसार कुमारी माजुलाई नगरको सुरक्षा र नागरिकको कल्याणसँग जोडेर हेर्ने ...

कीर्तिमानभन्दा जीवनको आनन्दमा रमाउँछिन् ११७ वर्षीया मार्रा
अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन् । तर, उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द लिन र परिवारसँग समय बिताउन बढी मन पर्छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा उनी बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन् । क्याटरहमलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ । दोस्रो विश्वयुद्ध अन्त्य हुनुभन्दा ...


