युवाका लागि निःशुल्क एआई तालिम, आवेदन खुला

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप सिकाउने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक यो तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। तालिम बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २,००० जना सहभागी हुन सक्नेछन्। तालिममा च्याटजीपीटी र क्लड जस्ता एआई उपकरणको प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा टिपोट तयारी, तस्बिर र भिडियो निर्माण तथा एआईको जिम्मेवार प्रयोगबारे सिकाइनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान केही व्यक्तिमा मात्र सीमित नभई देशभरका युवाको पहुँचमा पुग्नुपर्ने बताए। उनले भने, ‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।’ मन्त्रालयले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्न लागेको यो पहिलो पटक हो। यसबाट प्राप्त अनुभवले भविष्यमा थप सीपमूलक तालिमहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र आफूलाई तोकिएको सत्रको जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फूलको सौन्दर्य स्वस्थ्य जीवनको प्राकृतिक आधार
फूल प्रकृतिको सुन्दर सिर्जना मात्र होइन, मानव जीवनसँग गहिरो भावनात्मक सम्बन्ध राख्ने प्राकृतिक उपहार पनि हो। ...

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला समाचारदाताहुम्ला, कात्तिक १५ गते । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । शुक्रबार र शनिबार खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको थियो भने आइत... ...
सरकारको भवन, जनताको घरमा क्षति र जोखिम
• कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घरलाई जोखिममा पारेको छ। • निर्माण कार्य रोक्नका लागि सडक डिभिजन जुम्लाले नगरपालिकालाई पत्र काटे पनि नगरपालिकाले निर्माण अघि बढाएको छ। • उपप्रमुखले भवन बनेपछि पहिरोको समस्या समाधान हुने दाबी गर्दै क्षतिपूर्तिका लागि संघ सरकारलाई आग्रह गरेका छन्। ...

‘सिप अब कुनै विशेष समुदायको मात्र रहेन’
विजयकुमार साह धनुषा, कात्तिक १५ गते । तराई मधेशमा ढक्की, डालो र नाङ्लोलगायत बाँसका सामग्री बनाउने पेसा डोम समुदायसँग जोडिएको छ । यो पेसा डोम समुदायको पुख्र्यौली र जीविकोपार्जनको प्... ...


