Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युरोपमा गर्मीले यो वर्ष ५० हजारभन्दा बढीको मृत्यु

युरोपमा गर्मीले यो वर्ष ५० हजारभन्दा बढीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपमा गर्मीले यो वर्ष ५० हजारभन्दा बढीको मृत्यु

वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्‍याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो । गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा त्यसभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् । अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ । अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् ।एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
ताजा खबरJust now

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

गोरखापत्र
एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
ताजा खबरJust now

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

केन्द्रबिन्दु
इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
ताजा खबरJust now

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कान्तिपुर
कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
ताजा खबरJust now

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play