युक्रेनमा सैन्य लक्ष्य प्राप्त गरेरै छाड्ने पुटिनको सन्देश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेनसँग वार्ता गर्न र समाधान खोज्न तयार रहेको बताएका छन् । यद्यपि, उनले रुसले आफ्ना निर्धारित सैन्य लक्ष्य जुनसुकै अवस्थामा पनि हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । पुटिनले हालै मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग युक्रेनसँग हुन सक्ने सम्भावित सम्झौताबारे विस्तृत छलफल गरेका थिए । यसै विषयमा रुसी पत्रकार पाभेल जारुबिनसँग कुरा गर्दै पुटिनले युक्रेन युद्धको समाधान खोज्न रुस अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्ताका लागि तयार रहेको बताएका छन् । पत्रकारसँगको कुराकानीमा राष्ट्रपति पुटिनले भने, “मलाई लाग्छ, हामी सम्झौतामा पुग्न सक्छौँ । तर, कसैले यसलाई अर्कै तरिकाले अघि बढाउन चाहन्छ भने त्यसका लागि पनि हामी तयार छौँ । जुनसुकै परिस्थितिमा पनि हामी आफ्ना सैन्य लक्ष्य हासिल गर्नेछौँ । अमेरिकी प्रतिनिधिसँगको वार्तामा हामी त्रिपक्षीय छलफलका लागि तयार रहेको बताएका छौँ । सम्झौताको मुख्य उद्देश्य युद्धलाई केही समयका लागि रोक्नु मात्र नभई रुस र युक्रेन दुवैको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु हुनुपर्छ । यसबारे छलफल गर्न हामी तयार छौँ ।” राष्ट्रपति पुटिनले आफूहरूले सुरुदेखि नै शान्तिपूर्ण समाधानको पक्षमा आवाज उठाउँदै आएको दाबी गरे । उनले भने, “हामी सुरुदेखि नै शान्तिपूर्ण समाधानको वकालत गर्दै आएका छौँ । सन् २०१४ मा पनि हामीले यसबारे कुरा गरेका थियौँ, तर उनीहरूले आम नागरिकविरुद्ध बन्दुक र लडाकु विमान प्रयोग गरे । उनीहरूले लगभग युद्ध नै सुरु गरेका थिए । त्यसपछि मिन्स्क सम्झौता भयो। डोनबास क्षेत्रमा पुनः सैन्य कारबाही सुरु हुनुअघि पनि हामीले सम्झौताको कुरा गरेका थियौँ, तर युक्रेनले लड्ने बतायो। त्यसैले ठीकै छ ।” पुटिनले अमेरिकी प्रतिनिधिसँगको छलफलमा रुस र युक्रेनको भविष्यको सुरक्षा प्रत्याभूतिबारे कुरा गर्दा युरोपेली सुरक्षालाई पनि समेट्नुपर्ने विषय उठाइएको बताए । युक्रेनी नागरिकसँगको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धबारे बोल्दै पुटिनले भने, “हामी यो जटिल विषयमा वार्ता गर्न तयार छौँ, किनकि युक्रेनका जनता हाम्रा अत्यन्त निकट छन् । हालै गरिएको एउटा आनुवंशिक अनुसन्धानले पनि रुस र युक्रेनका मानिसहरू एउटै हुन् भन्ने देखाएको छ । तर, उनीहरू आफूलाई फरक रूपमा हेर्न चाहन्छन् भने त्यो पनि ठीकै छ । हामी हरेक परिस्थितिका लागि तयार छौँ ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...


