यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २० पैसा निर्धारण भएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। त्यसैगरी आज स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकिएको छ। आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ। त्यसैगरी आज थाई भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा रहेको छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बाघ र चितुवालाई गाउँमा आउन नदिन नेपालमा कृत्रिम गन्धको परीक्षण, के आयो परिणाम ?
नेपालमा बाघ र चितुवालाई बस्ती तथा पशुपालन क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्धको प्रयोग गरी नयाँ प्रविधिको परीक्षण भइरहेको छ । वन्यजन्तुले आफ्नो क्षेत्र निर्धारण गर्न र एकअर्कासँग सञ्चार... ...

बालबालिकाको शान्ति चित्रकला
रुपन्देही, कात्तिक १५ गते । रुपन्देहीको भैरहवामा बालबालिकालाई लक्षित शान्ति चित्रकला प्रतियोगिताको आयोजना भएको छ । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको आयोजनामा भएको शान्ति चित्रकला... ...

अर्णव चक्रवातको प्रभाव कमजोर, मौसममा सुधार
काठमाडौँ । अर्णव चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ । चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाई छ । हाल लुम्बिनी प्रदेशलगायत ...

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ
• डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा भ्रमणमा गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन्। • स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएपछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ, तर प्रतिकूल मौसमले खोजीमा कठिनाइ उत्पन्न गरेको छ। • जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रामा रोक लगाएको र पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। ...


