Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान

यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ । कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ । नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको छ । पार्टीका विभिन्न समिति तथा जनवर्गीय संगठनको समायोजन पूरा गर्ने, सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने अभियानको मुख्य उद्देश्य रहेको छ । अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायत जनताले दैनिक भोग्नुपरेका समस्यालाई प्राथमिकताका साथ उठाइनेछ । जनताका माग र समस्याहरू संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने तथा तिनको समाधानका लागि दबाब सिर्जना गर्ने नेकपाको योजना छ । त्यसैगरी, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । श्रम तथा जनसेवाका गतिविधि, सांस्कृतिक कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएका छन् । नेकपाका अनुसार दुईमहिने जागरण अभियानअन्तर्गत निम्न कार्यक्रम सञ्चालन गरिनेछन् : १. संगठन समायोजन : पार्टी समितिहरू तथा जनवर्गीय र मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने । २. सदस्यता विस्तार : संगठित सदस्यताको नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा सञ्चालन गर्ने । ३. बैठक तथा प्रशिक्षण : पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने । ४. जनतासँग सम्बन्ध विस्तार : जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने । ५. सांस्कृतिक तथा रचनात्मक गतिविधि : सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने । ६. जनताका माग संकलन : जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित मुद्दा संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने र कार्यान्वयनका लागि पहल गर्ने । ७. श्रम तथा जनसेवा : श्रम र जनसेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने । ८. विपद् प्रभावितलाई सहयोग : विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने । ९. जनचेतनामूलक कार्यक्रम : राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने । १०. जनताका समस्यामा दबाब : महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा अन्य सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र प्रस्तुत गर्ने । कात्तिक ७ देखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत नेकपाले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै आगामी निर्वाचनका लागि तयारी अघि बढाउने र जनताका समस्यालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

राप्ती अस्पतालमा सिटीस्क्यान बन्द, डायलासिस सेवा पनि प्रभावित
राजनीतिJust now

राप्ती अस्पतालमा सिटीस्क्यान बन्द, डायलासिस सेवा पनि प्रभावित

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । ‘अस्पताललाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ...

फरकधार
जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिJust now

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन् ।  चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले पाउनुपर्ने जलवायु न्यायको विषय उठाएकी हुन् । उनको सचिवालयका अनुसार भण्डारीले विश्वव्यापी ...

फरकधार
सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]
राजनीतिJust now

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]

चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।  मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन् । बाली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play