यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लन्डनमा क्यान्सर जितेका महिलाले सुनाए प्रेरणादायी कथा
८ कात्तिक, लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो रोग जितेकाहरुले सुनाएका छन् । लन्डनका सफल व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको 'द लामिछाने फाउण्डेशन' ले शनिबार लन्डनमा… ...

साउदीका तेल प्रशोधन केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी
हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्। ...

पश्चिम गुल्मीमा अझै जोगिएकै छन् परम्परागत रोटे पिङ (तस्वीरहरू)
८ कात्तिक, गुल्मी । नेपाली समाजमा दशैं, तिहार र तीजजस्ता चाडपर्वसँग पिङको विशेष सम्बन्ध रहँदै आएको छ। चाडपर्वका बेला गाउँघरमा पिङ हाल्ने र साथीभाइ तथा आफन्तसँगै खेलेर रमाइलो गर्ने परम्परा वर्षौंदेखि चल्दै आएको हो। तर, आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढेसँगै परम्परागत काठे पिङ र लिङ्गे पिङको प्रचलन घट्दै गएको छ। पश्चिम गुल्मीका केही स्थानमा भने… ...

मासिक १२ लाखको जागिर छोडेर नेपालीको ‘ब्रान्डिङ’मा जुटेका मनोज
विदेश पुगेका नेपालीलाई रोजगारी, पैसा वा अवसर मात्र होइन, आफ्नो कुरा बुझ्ने, सही सूचना दिने र आवश्यक पर्दा साथ दिने मानिसको अभाव हुन्छ । मनोज मरहट्टाले सुरु गरेको दुबई नेपालिज इन्फ्लुएन्सिलय ग्रुपले विश्वभर विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपालीलाई एउटै सञ्जालमा मात्र जोडिरहेको छैन, रोजगारी, व्यवसाय, लगानी, सिप, ज्ञान र अवसरसँग जोड्ने काम गरिरहेको छ । ...


