Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

यमपञ्चककै बीच जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमपञ्चककै बीच जनकपुरधाममा मनाइयो हनुमान जयन्ती
Photo / Coverage: पर्दाफास

हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा आज हनुमान जयन्ती मनाइँदैछ । हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ । यसअघि परिषदले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । शोभा यात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो । सभामुख यादवले भगवान हनुमान हिन्दु धर्माबलम्बीहरुको घर घरमा पुजिने देवता रहेको र उनको जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्राले सनातन संस्कृति संरक्षणमा बल पुर्याउने बताए । परिषद्का अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चककाबीच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत २० वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आई रहेको छ । यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागेको छ । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भूतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ । चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादिका अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि
OthersJust now

धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो। उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी ...

पर्दाफास
एनपीएल : टस जितेर लुम्बिनी बलिङमा
OthersJust now

एनपीएल : टस जितेर लुम्बिनी बलिङमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रेको छ। चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा ...

पर्दाफास
मोहन बस्नेतको आरोप– कांग्रेस आधिकारिकतामा १८ करोडको विषय ट्रेलरमात्रै
OthersJust now

मोहन बस्नेतको आरोप– कांग्रेस आधिकारिकतामा १८ करोडको विषय ट्रेलरमात्रै

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता मोहनबहादुर बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका छन् । देउवा समूहको कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका हुन् । ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छ भन्ने कुरा आज ब्यापक भइसकेको छ । मैले त… ...

अनलाइन खबर
मधेशमा शिक्षा संकट : सुगम भूगोलमा दुर्गमको भन्दा धेरै दुःख
OthersJust now

मधेशमा शिक्षा संकट : सुगम भूगोलमा दुर्गमको भन्दा धेरै दुःख

मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत मात्र छ । यो नेपालको राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा १२.७ प्रतिशत बिन्दुले कम हो । अझ चिन्ताजनक पक्ष त महिलाको साक्षरता दर ५४.७ प्रतिशत मात्र हुनु हो । प्रदेशमा पुरुष र महिलाको साक्षरता दरबीच १७.८ प्रतिशत विन्दुको अन्तर छ । यसले मधेशमा शिक्षा र लैङ्गिक समानताको क्षेत्रमा अझै ठूलो काम गर्न बाँकी रहेको स्पष्ट ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play