Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि
Photo / Coverage: पर्दाफास

सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो। उक्त बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद गरिएको ४७ किलो शङ्कास्पद वस्तु परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार उक्त वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको उनले बताए । विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार सो वस्तु न्यून विस्फोटक पदार्थ (गन पाउडर/कालो बारुद) रहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । विस्फोटक पदार्थसहित पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीमाथि यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । अब भने उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कानुनी कारबाही अघाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । बरामद विस्फोटक पदार्थ र अन्य सामानको स्रोत तथा ओसारपसारमा संलग्न पक्षको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड
OthersJust now

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने । ...

अनलाइन खबर
डेभिड वार्नरले बनाए अर्धशतक
OthersJust now

डेभिड वार्नरले बनाए अर्धशतक

पहिलो पटक एनपीएल खेलिरहेको वार्नरले काठमान्डुका लागि तेस्रो खेलमा आएर अर्धशतक प्रहार गरेका हुन् । ...

अनलाइन खबर
ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार
OthersJust now

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । ...

अनलाइन खबर
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी
OthersJust now

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play