<p><strong>काठमाडौं ।</strong> विवाहको लगनलाई लक्षित गर्दै यती एयरलाइन्सले ‘यतीमा जन्ती’ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत १५ जनाभन्दा बढीको समूह बुकिङ गर्दा बेहुला र बेहुलीलाई निःशुल्क हवाई टिकट उपलब्ध हुनेछ ।</p> <p>१५ जनाभन्दा बढीको समूह बुकिङमा बेहुलाले दुवैतर्फ (आउने र जाने) को निःशुल्क टिकट पाउनेछन् भने बेहुलीले एकतर्फी निःशुल्क टिकट प्राप्त गर्नेछिन् ।</p> <p>विवाह तथा शुभकार्यमा सहभागी हुने परिवार, आफन्त र साथीभाइको सामूहिक यात्रा सहज, सुविधाजनक र किफायती बनाउने उद्देश्यले योजना ल्याइएको एयरलाइन्सले जनाएको छ । विवाहको खुसीसँगै ग्राहकलाई थप बचत र विशेष अनुभव दिलाउने अपेक्षा एयरलाइन्सको छ ।</p>
‘यतीमा जन्ती’ अफर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






