काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमबीच इक्रा नेपालकी व्यापार प्रमुख वर्षा श्रेष्ठले अर्थसचिव डा. घनश्याम उपाध्यायलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । नेपालको पहिलो क्रेडिट रेटिङ संस्थाका रूपमा कार्यरत इक्रा नेपाल भारतस्थित इक्रा लिमिटेडको सहायक कम्पनी हो ।
बाढी प्रभावितलाई इक्रा नेपालको १० लाख

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






