Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग ४–० गोलअन्तरले पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु समर्थकमाझ लज्जास्पद हार बेहोरेको हो । ब्रेन्टफोर्डको जितमा क्यालम विल्सनले दुई गोल गरे भने क्रिस्टोफर आयर र केभिन शाडेले एक–एक गोल गरे । खेलको १९औँ मिनेटमा डाङ्गो ओउटाराको पासमा विल्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनले नै ३२औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा युनाइटेडले गोलका केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कने प्रयास गरे पनि ब्रेन्टफोर्डको रक्षापंक्ति तोड्न सकेन । खेलको ८२औँ मिनेटमा क्रिस्टोफर आयरले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता ३–० पुर्‍याए । इन्जुरी समयको पहिलो मिनेटमा केभिन शाडेले चौथो गोल थपेपछि ब्रेन्टफोर्डले ४–० को शानदार जित सुनिश्चित गर्‍यो । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मौरिसियो पोचेटिनोका लागि यो घरेलु मैदानमा पहिलो खेल थियो । तर उनको सुरुआत सुखद बन्न सकेन। यसअघि लिभरपुलसँग पनि युनाइटेड ४–० ले पराजित भएको थियो । लगातार दुई लिग खेलमा चार गोलको हार बेहोरेपछि टोलीमाथि दबाब थपिएको छ । खेलपछि युनाइटेडका समर्थकले खेलाडीलाई हुटिङ गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । यस हारसँगै युनाइटेड १२ खेलबाट ८ अंक जोड्दै तालिकाको १९औँ स्थानमा रहेको छ। ब्रेन्टफोर्ड भने २० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्डले सन् १९३७ पछि पहिलोपटक ओल्ड ट्राफोर्डमा जित निकालेको हो । युनाइटेडले सन् १९६३ पछि पहिलोपटक लगातार दुई लिग खेलमा चार वा सोभन्दा बढी गोलको हार बेहोरेको छ । यस सिजनमा खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक माइकल क्यारिकलाई हटाएर माउरिसियो पोचेट्टीनोलाई भित्र्याएपनि म्यानचेस्टर युनाइटेडको हारको सिलसिला रोकिएको छैन । पोचेट्टीनो आएपछि खेलेका ३ खेलमा २ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ । The post म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ
Latest NewsJust now

बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर विस्थापित सुकुम्बासीलाई सरकारले अलपत्र नपार्ने बताएकी छन्।  गएको शुक्रबार साँझ होल्डिङ सेन्टरमा पुगेकी उनले त्यहाँ बसिरहेका विस्थापितलाई स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरेकी हुन्।  उनले जग्गा प्राप्त... ...

नेपालखबर
राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन
Latest NewsJust now

राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँमा भइरहेको १२ बर्से श्वेतकाली नाच अवलोकन गर्नुभएको छ । शनिबार हनुमानढोकास्थित नासल चोक डबलीमा आयो... ...

गोरखापत्र
बेलायतको पेन्सन विभागमा साइबर आक्रमण
Latest NewsJust now

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ । डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न ...

केन्द्रबिन्दु
झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु
Latest NewsJust now

झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु

झारखंड । भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग (एनएच–३३) मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। आइतबार बिहान करिब २... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement