Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको पेन्सन विभागमा साइबर आक्रमण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ । डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न सरकारी सुविधा वितरण गर्छ । आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान भने अहिलेसम्म हुन सकेको छैन । विभागका अनुसार उसका प्राविधिक टोली र साइबर सुरक्षा विज्ञहरूले आक्रमणबारे अनुसन्धान गरिरहेका छन् । घटनाको प्रकृति र प्रभाव पत्ता लगाउन विभागले नेसनल साइबर सेक्युरिटी सेन्टर र गभर्मेन्ट साइबर कोअर्डिनेसन सेन्टरसँग सहकार्य गरिरहेको छ । बिहीबार राति पहिलोपटक पत्ता लागेको उक्त घटनापछि विभागका कैयौँ सेवा बन्द गरिएका थिए । तीमध्ये अधिकांश सेवा शनिबारसम्म पनि सञ्चालनमा आउन सकेका थिएनन् । यद्यपि, हालसम्म सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको कुनै प्रमाण फेला नपरेको विभागले जनाएको छ । बेलायतमा बढ्दो साइबर जोखिम यो आक्रमण बेलायतमा पछिल्लो समय देखिएका साइबर सुरक्षासम्बन्धी घटनाहरूको शृंखलामा अर्को घटना हो । हालै बेलायतका केही मासु आपूर्तिकर्ताले आफ्ना रेफ्रिजरेटरको तापक्रम अचानक बढेको बताएका थिए । युरोपभरिका सुपरमार्केटमा प्रयोग हुने सफ्टवेयर ह्याकिङको निशानामा परेपछि यस्तो समस्या देखिएको थियो । यसै महिनाको सुरुतिर बेलायतका साइबर सुरक्षा प्रमुखले सन् २०२८ सम्ममा देशको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) आधारित साइबर आक्रमण हुन सक्ने जोखिमबारे चेतावनी दिएका थिए । साइबर अपराधीहरूले यस्ता आक्रमणमा एआईको प्रयोग तीव्र गतिमा बढाउँदै लगेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ
Latest NewsJust now

बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर विस्थापित सुकुम्बासीलाई सरकारले अलपत्र नपार्ने बताएकी छन्।  गएको शुक्रबार साँझ होल्डिङ सेन्टरमा पुगेकी उनले त्यहाँ बसिरहेका विस्थापितलाई स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरेकी हुन्।  उनले जग्गा प्राप्त... ...

नेपालखबर
राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन
Latest NewsJust now

राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँमा भइरहेको १२ बर्से श्वेतकाली नाच अवलोकन गर्नुभएको छ । शनिबार हनुमानढोकास्थित नासल चोक डबलीमा आयो... ...

गोरखापत्र
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग ४–० गोलअन्तरले पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु समर्थकमाझ लज्जास्पद हार बेहोरेको हो । ब्रेन्टफोर्डको जितमा क्यालम विल्सनले दुई गोल गरे भने क्रिस्टोफर आयर र केभिन शाडेले एक–एक गोल गरे । खेलको १९औँ मिनेटमा डाङ्गो ओउटाराको पासमा विल्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनले ...

कर्पोरट खबर
झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु
Latest NewsJust now

झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिकासहित १३ जनाको मृत्यु

झारखंड । भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग (एनएच–३३) मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। आइतबार बिहान करिब २... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement