म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

म्याग्दी । बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेका जानकारी दिए । अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलैँची लगाएको हो । यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो । पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती राम्रो हुन्छ । वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिन्छ । अलैँचीखेतीका लागि शीतोष्ण आद्रता भएको जलवायु चाहिन्छ । बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढङ्गानाका अनुसार नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका थिए। उनको मृत्... ...


