म्याग्दीको दरवाङमा दुई दशकपछि सडक कालोपत्र

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ। पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो। गत आर्थिक वर्ष २०८२/८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। ‘दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दूरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र गरिएको छ,” उनले भने, “दरवाङमा २०६४ मा सडक सञ्जालमा जोडिएको थियो।’ एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो। सडक बिस्तार र कालोपत्र्े भएपछि सवारी साधन आवत जावत सहज भएको छ। तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ। तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो। स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन्। धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका वडा अध्यक्ष पथबहादुर रोकाले बताए। यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुंगे पुलतर्फ सडकको दायाँ र बायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत... ...

सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ। ...


