Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोडिफाइड बाइकलाई १५ हजार जरिवाना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाइएका ४०१ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ध्वनि प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले एक साताको अवधिमा ती सवारीसाधन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार कारबाहीमा पर्नेमा ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चारवटा स्कुटर, दुई-दुईवटा डुकाटी र एमटी, एक-एकवटा डोमिनार र केटीएम ड्युक तथा आठवटा अन्य सवारीसाधन छन् ।

एसएसपी काफ्लेले सडकमा ध्वनि प्रदूषण बढाउने र अन्य सवारी चालक तथा सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाइ गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार निजी सवारीसाधन भन्दै आफूखुसी स्वरूप परिवर्तन गरेर सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्नुका साथै सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पुर्‍याउँछ ।

ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । कानुनी प्रक्रिया पूरा भएपछि सवारीसाधनलाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाइने काफ्लेले बताउनुभयो ।

पटक–पटक नियम उल्लंघन गर्ने पाँचदेखि १० वटासम्म मोटरसाइकल भने प्रहरीले नियन्त्रणमै राखेको छ ।

मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाउन सक्ने उहाँको भनाइ छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको काफ्लेले जानकारी दिनुभयो ।

सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्नेमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियमको पालना र जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै
Economy & BusinessJust now

छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै

काठमाण्डु- काठमाण्डु उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँचबाट प्रमाणित भएको मासु मात्रै बिक्री गर्न पाइने भएको छ। सरकारले लामो समयदेखि कार्यान्वयन हुन नसकेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएसँगै मासुमा आधिकारिक छाप लगाउने व्यवस्था सुरु गरेको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मंसिर १ गतेदेखि काठमाण्डु, ललितपुर र भक्तपुरका […] ...

काठमाण्डुपाटी
जाडोमा अनुहारको ट्यानिङ र सुख्खापन हटाउन बेसन, दही र महको फेसप्याक, यसरी घरमै बनाउन सकिन्छ
Economy & BusinessJust now

जाडोमा अनुहारको ट्यानिङ र सुख्खापन हटाउन बेसन, दही र महको फेसप्याक, यसरी घरमै बनाउन सकिन्छ

काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसो हावा र वातावरणमा आर्द्रताको कमीले स्वास्थ्यसँगै छालामा पनि असर पार्न थाल्छ । विशेषगरी अनुहारको छाला सुख्खा, खस्रो र निस्तेज देखिने समस्या बढ्छ । त्यस्तै, जाडोमा घाममा लामो समय बिताउँदा अनुहारमा ट्यानिङ अर्थात् घामका कारण छालाको रङ गाढा हुने समस्या पनि देखिन सक्छ । यस्तो अवस्थामा धेरै मानिस पार्लर गएर डी–ट्यान उपचार गराउने व… ...

आर्थिक न्यूज
सिटिजन्स म्युचुअल फण्ड–२ परिपक्व, लगानीकर्तालाई औसत १०.४० प्रतिशत वार्षिक प्रतिफल
Economy & BusinessJust now

सिटिजन्स म्युचुअल फण्ड–२ परिपक्व, लगानीकर्तालाई औसत १०.४० प्रतिशत वार्षिक प्रतिफल

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ (सीएमएफ२) सात वर्षे अवधि पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिन सफल भएको छ। ...

आजको अर्थ
पोखराको न्युरोडमा खुल्यो ‘फ्लोरा’, ग्राहकले आफ्नै रुचि र बजेट अनुसार फूल छानेर बुके बनाउन सक्ने
Economy & BusinessJust now

पोखराको न्युरोडमा खुल्यो ‘फ्लोरा’, ग्राहकले आफ्नै रुचि र बजेट अनुसार फूल छानेर बुके बनाउन सक्ने

पोखरा । पोखराको न्युरोडमा ग्राहकले आफ्नै रुचिअनुसार फूल छानेर बुके तयार गर्न सक्ने सुविधासहित ‘फ्लोरा’ सञ्चालनमा आएको छ। फूलको बिक्रीमा मात्र सीमित नरही व्यक्तिगत उपहार, विवाह तथा विभिन्न समारोहको सजावट र घरमै डेलिभरी सेवा दिने उद्देश्यले फ्लोराले नोभेम्बर ८ देखि औपचारिक कारोबार सुरु गरेको हो। ‘वेयर ब्यूटी लिभ्स’ नारासहित सञ्चालनमा आएको फ्ल… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play