मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ । बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ। दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ। साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ। ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकमाथि र दायाँबायाँ बिजुलीको झिलीमिली सजाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ। भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकले घर फर्कनेलाई असहज
दसैं मनाउन गाउँ फर्किने यात्रु बागलुङ–घोडाबाँधे सडकको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन् । निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि सडक पूरा नहुँदा यात्रामा कठिनाइ भएको छ । ...
-001_YzQLZrdBFm.jpg)
मुक्तिनाथ मन्दिरमा दसैँ टिका
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझ धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने... ...
लालपुर्जा पाउँदाको खुसी : ‘दसैँको मुखैमा यत्रो खुसी दिने सरकारलाई धन्यवाद’
दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि चितवनको इच्छाकामना गाउँपालिका-७ का भूमिहीनमा खुसीको सीमा रहेन। वर्षौंदेखि आफू बसोबास गरिरहेको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता यसपालिको दसैँसँगै सदाका लागि हटेको छ। रातो खोलभित्र राखिएको प्रमाणपुर्जा उनीहरूका लागि कागजको टुक्रो मात्र नभएर वर्षौंदेखि बसोबासरत जमिनमा आफ्नो ... ...

हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण
काठमाडौँ । इजरायली सेनाले पछिल्ला साताहरूमा दक्षिण लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा हिजबुल्लाहका ५४० भन्दा बढी पूर्वाधार स्थल ध्वस्त पारेको जनाएको छ । त्यस्तै, गाजा पट्टीमा हमासका तीन हतियार भण्डारण केन्द्रमा... ...


