मेलबर्नमा १६औँ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी-२०२६) आगामी नोभेम्बर २८ र २९ मा मेलबर्नमा आयोजना हुने भएको छ । आइओएफटिसी अष्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सन् २००० मा नेपालको काठमाडौंमा ग्राण्डमास्टर दिवाकर ‘डान’ महर्जनको पहलमा सुरु भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत् अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै आएको छ । सन् २०२६ को यस प्रतियोगिता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औँ संस्करण हो । प्रतियोगिताका अध्यक्ष महादेव धानुक नेपालका पूर्व तेक्वान्दो खेलाडी, एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुनुहुन्छ । उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाका राज्य संयोजकसमेत हुनुहुन्छ । अध्यक्ष धानुकले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीबीच मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन खेलाडी, क्लब, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा प्रायोजकहरूलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू
बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोस... ...

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती... ...
चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम... ...

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग
ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित... ...


