Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं। दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल बढेको छ। असोज ११ गतेको बाढी पहिरोका कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा केही समय सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको आगमन सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि सडकमार्ग सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल बढेको हो। प्रहरीको तथ्याङ्क अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमा तीन हजार ७३८ पुरुष र एक हजार ९२५ महिला छन्। सो अवधिमा भित्रिएका पर्यटकमध्ये चार हजार ४०९ अर्थात् ७७ दशमलव ८५ प्रतिशत विदेशी पर्यटक रहेका थिए। दसैँको टीकापछिको दुई दिनमा मात्रै सात हजार ८४६ जना पर्यटक मुस्ताङ पुगेका छन्। प्रहरीका अनुसार बिहीबार तीन हजार ३३ र शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। यसअघि साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। पर्यटन व्यवसायीहरूले दसैँ, तिहार र छठ पर्वको बिदाका कारण आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरेका छन्। मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरलानाका, लोमान्थाङ दरबार, ढुम्बा ताल र टिटी ताललगायतका स्थानहरू पर्यटकको मुख्य आकर्षणका केन्द्र हुन्। बाढीका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्र दसैँपछिको चहलपहलले चलायमान हुने विश्वास लिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न
ताजा खबरJust now

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न

कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् । कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको मृत्यु भइसकेको छ भने बाँकी दुई मधुबाला... ...

रातोपाटी
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

• बडादशैं अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने १,०३७ जना चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा परेका चालकमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। • ट्राफिक प्रहरीले चाडपर्वका समयमा मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पालना गर्न चालकहरूलाई आग्रह गरेको छ। ...

नेपालबहस
कारागारमा कैदीबन्दीलाई दसैँको टीका
ताजा खबरJust now

कारागारमा कैदीबन्दीलाई दसैँको टीका

अमरराज नहर्कीतनहुँ, कात्तिक ७ गते । तनहुँ कारागारमा रहेका कैदीबन्दीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तजनको हातबाट दसैँको टीका लगाउन पाएका छन् । कारागार प्रशासनले कैदीबन्दी... ...

गोरखापत्र
पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे
ताजा खबरJust now

पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

• पाकिस्तानका टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएका छन्। • कर्णाली याक्सले उनलाई अनुबन्ध गरेको छ र यसअघि पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई पनि अनुबन्ध गरेको थियो। • एनपीएल कात्तिक ९ बाट सुरु हुँदैछ, कर्णालीले ६ विदेशी खेलाडी र विभिन्न घरेलु खेलाडीलाई अनुबन्ध गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play