Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Business/मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक

काठमाडौं, कात्तिक ७ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको पर्यटन क्षेत्रमा दसैँ बिदापछि चहलपहल बढेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । बिहीबार तीन हजार ३३ जना र शुक्रबार चार हजार ८१३ जना पर्यटक मुस्ताङ पुगेका हुन् । यस वर्ष घटस्थापनादेखि विजयादशमीसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । तीमध्ये तीन हजार ७३८ जना पुरुष र एक हजार ९२५ जना महिला थिए । प्रहरीका अनुसार उक्त अवधिमा चार हजार ४०९ जना विदेशी पर्यटक आएका थिए, जुन कुल पर्यटकको ७७ दशमलव ८५ प्रतिशत हो । प्राकृतिक विपद्का कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि मुस्ताङको पर्यटन व्यवसाय प्रभावित भएको थियो । तर दसैँपछि पर्यटकको आगमन क्रमशः बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउनमा ३० हजार ५३४ जना, भदौमा २० हजार २६८ जना र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ पुगेका थिए । दसैँ–तिहारको बिदामा पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ । बिदाको अवसरमा विदेशबाट स्वदेश फर्किएका नेपाली, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र देशका विभिन्न भागका पर्यटक मुस्ताङ भ्रमणमा आउने गर्छन् । यसपटक पनि दसैँ, तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन् । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरला नाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल र टिटी ताललगायतका स्थल छन् । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, हिमाली दृश्य र प्राकृतिक सौन्दर्यले मुस्ताङमा पर्यटक आकर्षित हुँदै आएका छन् । बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्र दसैँ–तिहारको समयमा पुनः चलायमान हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
अर्थतन्त्रJust now

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

धादिङ । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो ।  धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालो… ...

आर्थिक न्यूज
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
अर्थतन्त्रJust now

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल

काठमाडौं । नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् ।  एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ ।   एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको … ...

आर्थिक न्यूज
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
अर्थतन्त्रJust now

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play