मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकमा पोलार्ड नियुक्त

काठमाडौं । इन्डियन प्रिमियर लिग (IPL) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले कायरन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। आईपीएल २०२७ अघि टोलीले महेला जयवर्द्धनेको स्थानमा पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

वेस्ट इन्डिजका पूर्व अलराउन्डर पोलार्ड मुम्बई इन्डियन्सका सफल खेलाडीमध्ये एक हुन्। उनले सन् २०१० देखि २०२२ सम्म मुम्बईबाट १३ सिजन खेलेका थिए। यस अवधिमा उनले १८९ खेलमा ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए।

पोलार्ड मुम्बई इन्डियन्सबाट पाँच पटक आईपीएल उपाधि जित्ने टोलीका सदस्यसमेत हुन्। उनले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेका थिए। आईपीएल खेलाडीका रूपमा संन्यास लिएपछि उनले मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए।

ब्याटिङ प्रशिक्षकबाट मुख्य प्रशिक्षक बनेपछि पोलार्डले मुम्बई इन्डियन्ससँगको आफ्नो सम्बन्ध र नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन्।

‘मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनु मेरा लागि सम्मानको विषय हो। यो टोली मेरो जीवन र करिअरको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ। टोली, खेलाडी र समर्थकसँगको सम्बन्ध मेरा लागि निकै अर्थपूर्ण छ,’ उनले क्लबद्वारा जारी विज्ञप्तिमा भनेका छन्।

खेलाडी र प्रशिक्षक दुवै भूमिकामा काम गरिसकेका कारण मुम्बई इन्डियन्सको पहिचान र त्यसको प्रतिनिधित्व गर्दा आउने जिम्मेवारी आफूले बुझेको पनि उनले बताएका छन्। टोलीको विरासतलाई अघि बढाउने, प्रतिभाशाली खेलाडीलाई विकास गर्ने र समर्थकलाई थप खुसी दिने लक्ष्यका साथ काम गर्ने उनको भनाइ छ।

मुम्बई इन्डियन्सकी सहमालिक नीता अम्बानीले पनि पोलार्डको नियुक्तिप्रति खुसी व्यक्त गरेकी छन्। उनका अनुसार पोलार्ड २२ वर्षको उमेरमा मुम्बई इन्डियन्ससँग जोडिएका थिए र पछिल्लो १६ वर्षदेखि फ्रेन्चाइजको अभिन्न हिस्सा रहँदै आएका छन्।

‘खेलाडीका रूपमा उनले हामीलाई धेरै अविस्मरणीय क्षण दिएका छन्। प्रशिक्षकका रूपमा पनि उनले आफ्नो अनुभव, जोस र खेलप्रतिको गहिरो बुझाइ साझा गर्दै आएका छन्। मुख्य प्रशिक्षकका रूपमा नयाँ जिम्मेवारी सम्हालेको देख्न पाउँदा हामी खुसी छौँ,’ अम्बानीले भनेकी छन्।

सन् २०२० मा पछिल्लो पटक आईपीएल उपाधि जितेयता मुम्बई इन्डियन्सले विगतको सफलता दोहोर्‍याउन सकेको छैन। आईपीएलमा संयुक्त रूपमा सर्वाधिक सफल टोलीमध्ये रहेको मुम्बई पछिल्ला ६ सिजनमध्ये सन् २०२३ र २०२५ मा मात्र प्लेअफमा पुगेको थियो। टोली सन् २०२४ मा दशौँ र २०२६ मा नवौँ स्थानमा सीमित भएको थियो।

मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै पोलार्डको पहिलो काम खेलाडीको रिटेन्सन सूची अर्थात् आगामी सिजनका लागि टोलीमा कायम राखिने खेलाडीको सूची अन्तिम रूप दिनु हुनेछ। आईपीएल २०२७ का लागि रिटेन्सन सूची बुझाउने समयसीमा नोभेम्बर १५ तोकिएको छ। मिनी अक्सन डिसेम्बरको मध्यतिर भारतको गोवामा आयोजना हुने अपेक्षा गरिएको छ।

पोलार्ड मुम्बई इन्डियन्सको विश्वभरका फ्रेन्चाइज टी–२० प्रतियोगितामा सहभागी अन्य टोलीसँग पनि आबद्ध छन्। दुई पटक टी–२० विश्वकप जितेका पोलार्ड द हन्ड्रेड प्रतियोगिताको एमआई लन्डनका मुख्य प्रशिक्षक हुन्।

त्यस्तै, उनले मेजर लिग क्रिकेट (एमएलसी) मा एमआई न्युयोर्क, दक्षिण अफ्रिकाको एसए२० मा एमआई केपटाउन र यूएईको आईएलटी२० मा एमआई एमिरेट्सबाट पनि खेलिसकेका छन्। उनले एमआई केपटाउनबाट सन् २०२४ र २०२५-२६ तथा एमआई एमिरेट्सबाट सन् २०२३ देखि २०२५–२६ सम्म खेलेका थिए।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

असोजमा भारत पुग्यो पाँच अर्ब ९२ करोडको विद्युत्, बङ्गलादेशतर्फको निर्यात के हुँदैछ ?
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ ...

‘हामी हिन्दू हौँ, हाम्रोमा तलाक भन्ने शब्द छैन’, सुनीता आहुजासँगको सम्बन्धबारे गोविन्दाको यस्तो बयान, अफेयरको आरोपमा पनि दिए जवाफ
एजेन्सी । बलिउड अभिनेता गोविन्दाले पत्नी सुनीता आहुजासँगको वैवाहिक सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धविच्छेदको विषयमा प्रतिक्रिया दिएका छन्। पछिल्लो समय उनीहरूको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका बेला गोविन्दाको भनाइले पुनः ध्यान आकर्षित गरेको छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार गोविन्दाले आफूहरू हिन्दू भएको उल्लेख गर्दै आफ्नो पारिवारिक स… ...

एनपीएलमा विदेशी स्टारको चमक, नेपाली प्रतिभाको भविष्यबारे चिन्ता
काठमाडौ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ। यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्याव… ...

पेन्सनपट्टा बनाउन काठमाडौँ जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत
भोजपुर / भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौँ जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा ...