Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/मुटुसम्बन्धी समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली अस्पतालमा

मुटुसम्बन्धी समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली अस्पतालमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुटुसम्बन्धी समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली अस्पतालमा

काठमाडौं, कात्तिक १। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ। खनाल अस्पतालमा भर्ना हुनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै काठमाडौंस्थित ह्याम्स अस्पताल पुग्नुभएको छ। अस्पताल पुगेर अध्यक्ष ओलीले उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। मुटुसम्बन्धी समस्या देखिएपछि खनाललाई आज अस्पताल भर्ना गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

मंगल ग्रहका चन्द्रमाबाट नमूना ल्याउने तयारीमा जापान
राजनीतिJust now

मंगल ग्रहका चन्द्रमाबाट नमूना ल्याउने तयारीमा जापान

मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ ...

फरकधार
फ्रान्समा हिंसात्मक प्रदर्शन : १८ सयभन्दा बढी पक्राउ
राजनीतिJust now

फ्रान्समा हिंसात्मक प्रदर्शन : १८ सयभन्दा बढी पक्राउ

फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।   प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री लरेन्टनुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा ...

फरकधार
आज सात जिल्लामा सवारी दुर्घटना, ९ जनाको मृत्यु
राजनीति18 minutes ago

आज सात जिल्लामा सवारी दुर्घटना, ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।   सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play