Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
Photo / Coverage: पर्दाफास

मुगुको छायानाथ रारा नगरपालिका ७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ । उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घाइतेमध्ये अञ्जु थापाको उपचारका क्रममा निधन भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो । सुर्खेतबाट शनिबार साँझ रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप छायानाथ रारा नगरपालिका–७ टोप्लामा दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

अहिले नेपालमा दक्षिण र पश्चिमतर्फ जाने जहाज सिमरा सहित महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबाट समेत बाहिरिन सक्छन् । तर, भारतले अनुमति नदिँदा भित्रिन सिमरा बाहेक रुट छैन, जसले त्यो प्वाइन्टमा अत्यधिक हवाई चाप मात्रै हुने होइन, उडान लागत नै अत्यधिक बढ्ने गरेको छ । ...

अनलाइन खबर
आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ
OthersJust now

आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले पक्राउ गरेको हो । उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए… ...

अनलाइन खबर
दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग
OthersJust now

दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु… ...

अनलाइन खबर
महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’
OthersJust now

महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’

तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी वकिलहरूको जिकिर छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play