Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

पार्टीको एकता सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टीको एकता सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेकपा (एमाले) ले यही मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए। पत्रकार सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढिकरण गर्नका लागि भेलाको आयोजना गरिएको बताए। उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धका पनि भेलामा छलफल हुने बताए। महासचिव पोखरेलका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयनका लागि जनता समक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु भेलाको मुख्य ध्येय रहेको छ। “आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्व तयारी, पार्टीपंक्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ”, उनले भने, “भेलाले पार्टीलाई नयाँ सञ्चार गर्नेछ।” भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी (प्रवासबाट) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष गरी करिब तीन हजार ४१४ जनाको सहभागिता रहने छ। भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नेछन्। भेलामा मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने जानकारी दिइयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजनीतिसँगै बिचौलियामा पनि पुस्तान्तरण भयो: किराती
Latest NewsJust now

राजनीतिसँगै बिचौलियामा पनि पुस्तान्तरण भयो: किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जेनजी आन्दोलनपछि बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका छन्।  ईलामको माङ्सेबुंग र मिल्लाजुङ दुई गाउँ पालिकाको संयुक्त आयोजनामा भएको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै नेता किरातीले जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध भएपनि राजनीति र सत्तामा मात्रै नभइ बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका हुन्। ‘जेनजी व... ...

नेपालखबर
सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन
Latest NewsJust now

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

भक्तपुर । सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्। शनिबार तथा सार्वजनिक बिदाका दिन अधिकांश स्वास्थ्य संस्थामा नियमित सेवा बन्द रहने गरेकामा... ...

रातोपाटी
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
Latest NewsJust now

मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडकखण्डमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ । उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी ...

हिमालय टाइम्स
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन
Latest NewsJust now

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

ढाका । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी)का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play