Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

मासुमा निलो छाप, सुरक्षा कि आश्वासन?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मासुमा निलो छाप, सुरक्षा कि आश्वासन?
Photo / Coverage: नेपालन्युज

मासु नेपालीको खानपानको नियमित हिस्सा हो। चाडपर्व, भोजभतेरदेखि दैनिक भान्सासम्म यसको उपभोग हुन्छ। बजारबाट मासु किन्दा धेरैजसो उपभोक्ताले त्यसको रङ, ताजापन र पसलको सरसफाइ हेरेर गुणस्तरको अनुमान गर्छन्। तर बाहिरबाट सफा र ताजा देखिने मासु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। पशु स्वस्थ थियो कि थिएन, वधअघि परीक्षण भयो कि भएन, वधपछि मासुको जाँच गरियो कि गरिएन र बिक्री गर्नुअघि कुन अवस्थामा राखिएको थियो भन्ने कुरा आँखाले मात्रै छुट्याउन सकिँदैन। यही जोखिम कम गर्ने उद्देश्यले सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनलाई तीव्रता दिएको छ। मङ्सिर १ गतेदेखि काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमा परीक्षण गरिएको मासुमा छाप लगाएर मात्रै बिक्री गर्नुपर्ने व्यवस्था सुरु भएको छ। परीक्षणमा उपभोगयोग्य ठहरिएको मासुमा निलो छाप लगाइन्छ। यसले उपभोक्तालाई परीक्षण गरिएको र नगरिएको मासु छुट्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। छापले मासु परीक्षण भएको सङ्केत दिन्छ, त्यसलाई जीवाणुरहित बनाउँदैन। परीक्षणपछि फोहोर ठाउँमा काटिएको, दूषित पानीमा धोइएको वा उचित तापक्रममा नराखिएको मासु फेरि असुरक्षित हुन सक्छ। तर मासुमा निलो रङ देखेपछि उपभोक्तामाझ अर्को प्रश्न पनि उठेको छ- मासुमा लगाइएको मसी खान मिल्छ कि मिल्दैन? रङ नै मासुसँगै पेटमा जाने भएकाले यस्तो जिज्ञासा अस्वाभाविक होइन। सरकारले प्रयोग गरिएको मसी खाद्य प्रयोजनका लागि सुरक्षित अर्थात् फुडग्रेड भएको बताएको छ। कानुनले पनि मासुमा प्रयोग हुने मसी खानयोग्य हुनुपर्ने व्यवस्था गरेको छ। तर मसी सुरक्षित हुनु र मासु सुरक्षित हुनु एउटै कुरा होइन। छापले मासु परीक्षण भएको सङ्केत दिन्छ, त्यसलाई जीवाणुरहित बनाउँदैन। परीक्षणपछि फोहोर ठाउँमा काटिएको, दूषित पानीमा धोइएको वा उचित तापक्रममा नराखिएको मासु फेरि असुरक्षित हुन सक्छ। त्यसैले निलो छापलाई सम्पूर्ण खाद्य सुरक्षाको ग्यारेन्टीभन्दा पनि परीक्षण प्रणालीको एउटा महत्त्वपूर्ण पहिचानका रूपमा बुझ्नुपर्छ। निलो छापको अर्थ के हो? मासुमा लगाइने निलो छाप सामान्य रङ वा सजावट होइन। यो मासु निरीक्षकले परीक्षण गरी बिक्रीका लागि योग्य ठहर गरेको सङ्केत हो। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को दफा १२ ले परीक्षणपछि बिक्रीका लागि अनुमति दिँदा मासुमा स्पष्ट देखिने गरी छाप वा चिह्न लगाउनुपर्ने व्यवस्था गरेको छ। छाप नलगाइएको मासु बिक्री गर्न नपाइने कानुनी प्रावधान पनि छ। सरकारले अहिले प्रयोगमा ल्याएको छाप निलो रङको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार निलो रङ पशु चिकित्सासम्बन्धी पहिचानका रूपमा प्रयोग गरिएको हो। यसको उद्देश्य परीक्षण भएको मासु बजारमा सहजै छुट्याउन सकिने बनाउनु हो। पसलमा आफैँले रङ लगाएर वा सामान्य छाप लगाएर मासु परीक्षण भएको दाबी गर्न मिल्दैन। परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै आधिकारिक छाप लगाइनुपर्छ। तर निलो छाप लाग्दैमा मासुमा कुनै औषधि वा रासायनिक पदार्थ हालेर सुरक्षित बनाइएको भन्ने अर्थ लाग्दैन। छापले मासुमा रहेका जीवाणु मार्दैन, बिग्रनबाट रोक्दैन र पौष्टिक गुण पनि बढाउँदैन। यसले परीक्षणका क्रममा मासु उपभोगयोग्य ठहरिएको पहिचान मात्र दिन्छ। ऐन र नियमावलीले छाप लगाउने अधिकार मासु निरीक्षकलाई दिएको छ। त्यसैले पसलमा आफैँले रङ लगाएर वा सामान्य छाप लगाएर मासु परीक्षण भएको दाबी गर्न मिल्दैन। परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै आधिकारिक छाप लगाइनुपर्छ। मसी खान मिल्छ, तर प्रमाणित हुनुपर्छ मासुमा प्रयोग गरिएको मसी खानयोग्य छ कि छैन भन्ने प्रश्नको जवाफ कानुनी व्यवस्थामै छ। पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७ को नियम १५ अनुसार मासुमा छाप लगाउन प्रयोग गरिने मसी खानयोग्य हुनुपर्ने र त्यसले जनस्वास्थ्यमा असर पार्न नहुने व्यवस्था छ। विभागका महानिर्देशक डा. दाहालका अनुसार मासुमा प्रयोग गरिएको मसी फुडग्रेड अर्थात् खाद्य प्रयोजनका लागि सुरक्षित मसी हो। त्यसैले छापमा प्रयोग गरिएको रङकै कारण मासु खान डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। अखाद्य मसी प्रयोग भएको पाइएमा त्यसको जिम्मेवारी सम्बन्धित मासु निरीक्षकको हुने उनी बताउँछन्। मसीको नमुना परीक्षण गर्ने, आपूर्तिको स्रोत पहिचान गर्ने र प्रयोग भइरहेको मसी मापदण्डअनुसार छ कि छैन भन्ने प्रमाणित गर्ने व्यवस्था प्रभावकारी हुनुपर्छ। खाद्य प्रयोजनका लागि सुरक्षित मसी र सामान्य प्रिन्टिङ मसी एउटै हुँदैनन्। सामान्य मसीमा प्रयोग हुने सबै रङ वा रासायनिक पदार्थ खाद्य सम्पर्कका लागि उपयुक्त नहुन सक्छन्। त्यसैले मासुमा प्रयोग हुने मसीको गुणस्तर, संरचना र सुरक्षा मापदण्डअनुसार प्रमाणित हुनुपर्छ। खाद्य वैज्ञानिक डा. अतुल उपाध्यायका अनुसार खाद्य पदार्थमा प्रयोग हुने रङ वा छापका लागि खाद्य प्रयोजनमा सुरक्षित रङ मात्रै प्रयोग गर्नुपर्छ। खाद्य मसी तुलनात्मक रूपमा महँगो हुने भएकाले मापदण्ड पालना गर्ने नाममा कम गुणस्तरको वा अखाद्य मसी प्रयोग हुने जोखिमलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ। उनका अनुसार पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वधशालामा प्रयोग भइरहेको मसीको गुणस्तरबारे नियमित तथा छड्के अनुगमन गर्न आवश्यक छ। मसीको नमुना परीक्षण गर्ने, आपूर्तिको स्रोत पहिचान गर्ने र प्रयोग भइरहेको मसी मापदण्डअनुसार छ कि छैन भन्ने प्रमाणित गर्ने व्यवस्था प्रभावकारी हुनुपर्छ। खाद्य पदार्थमा छाप लगाउँदा हुने सीमित सम्पर्क र त्यसको केही अंश मासुसँगै उपभोग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित बनाइएको मसी भन्ने अर्थमा बुझ्नुपर्छ। ‘खानयोग्य मसी’ भन्नाले त्यसलाई छुट्टै खाद्य पदार्थका रूपमा सेवन गर्न मिल्छ भन्ने अर्थ लाग्दैन। खाद्य पदार्थमा छाप लगाउँदा हुने सीमित सम्पर्क र त्यसको केही अंश मासुसँगै उपभोग हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित बनाइएको मसी भन्ने अर्थमा बुझ्नुपर्छ। त्यसैले सरकारी दाबीलाई प्रयोगशाला परीक्षण र नियमित अनुगमनले पुष्टि गर्न सक्नुपर्छ। पशु जीवित छँदै सुरु हुन्छ मासु परीक्षण मासु परीक्षण भनेको मासु काटिसकेपछि छाप लगाउने प्रक्रिया मात्रै होइन। यो पशु जीवित अवस्थादेखि सुरु हुन्छ र वधपछि पनि जारी रहन्छ। यसका दुई मुख्य चरण छन्। वधअघि गरिने परीक्षणलाई एन्टिमोर्टम र वधपछि गरिने परीक्षणलाई पोस्टमार्टम परीक्षण भनिन्छ। वधअघि पशुको शारीरिक अवस्था, व्यवहार, हिँडडुल, शरीरको तापक्रम, श्वासप्रश्वास, आँखाको अवस्था र रोगका सम्भावित लक्षण हेरिन्छन्। पशुमा ज्वरो, सङ्क्रमण वा अन्य स्वास्थ्य समस्या छ कि छैन भन्ने परीक्षण गरिन्छ। रोगी, अत्यधिक कमजोर वा वधका लागि अनुपयुक्त देखिएको पशुलाई वध गर्न रोक लगाउन सकिन्छ। विश्व खाद्य तथा कृषि सङ्गठनले पनि मासु निरीक्षणको मुख्य उद्देश्य स्वस्थ पशुबाट उपभोगयोग्य मासु उत्पादन गर्नु र रोग तथा जनस्वास्थ्यमा जोखिम निम्त्याउने मासुलाई खाद्य शृङ्खलाबाट बाहिर राख्नु रहेको उल्लेख गरेको छ। वधपछि मासु र भित्री अङ्गको अवस्था परीक्षण गरिन्छ। मासुको रङ, बनावट, गन्ध, असामान्य दाग, गाँठागुँठी तथा कलेजो, फोक्सो, मुटु र मिर्गौलाजस्ता अङ्गमा रोगका लक्षण छन् कि छैनन् भन्ने हेरिन्छ। आवश्यक परे थप प्रयोगशाला परीक्षण गर्न सकिन्छ। कुनै अङ्ग मात्रै अस्वस्थ देखिएमा त्यसलाई छुट्याउन सकिन्छ भने सम्पूर्ण मासु उपभोगका लागि अनुपयुक्त देखिएमा बिक्रीमा रोक लगाउन सकिन्छ। विश्व खाद्य तथा कृषि सङ्गठनले पनि मासु निरीक्षणको मुख्य उद्देश्य स्वस्थ पशुबाट उपभोगयोग्य मासु उत्पादन गर्नु र रोग तथा जनस्वास्थ्यमा जोखिम निम्त्याउने मासुलाई खाद्य शृङ्खलाबाट बाहिर राख्नु रहेको उल्लेख गरेको छ। यसका लागि वधअघि र वधपछिको परीक्षणसँगै स्वच्छ वध प्रक्रिया अनिवार्य हुन्छ। राष्ट्रिय पशुजन्य रोग नियन्त्रण तथा जनस्वास्थ्य संरक्षण कार्यालयका प्रवक्ता डा. मनोजकुमार शाहीका अनुसार मासु परीक्षण र छाप लगाउने व्यवस्थाले उपभोक्तासम्म स्वच्छ तथा गुणस्तरीय मासु पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यसले रोगी पशुको मासु बजारमा पुग्ने सम्भावना कम गर्न मद्दत गर्ने उनको भनाइ छ। पहिलो दिनमै ४३ हजार किलो मासु परीक्षण सरकारले मङ्सिर १ गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा ल्याएको हो। ऐन कार्यान्वयनसँगै परीक्षण गरिएको मासुमा छाप लगाएर मात्रै बिक्री गर्नुपर्ने व्यवस्था सुरु भएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार ऐन कार्यान्वयनको पहिलो दिन काठमाडौँका चार र भक्तपुरको एउटा वधस्थलमा कुखुरा तथा राँगाको मासु परीक्षण गरिएको थियो। पहिलो दिन मात्रै करिब ४३ हजार किलो मासु परीक्षण गरी बजारमा पठाइएको उनले जानकारी दिए। यस क्रममा पशु वध गर्नुअघि र वध गरिसकेपछि दुवै चरणमा परीक्षण गरिएको विभागले जनाएको छ। स्वस्थ देखिएको मासुमा मात्रै उपभोगयोग्य छाप लगाइएको थियो। परीक्षणका क्रममा अस्वस्थ देखिएका पशु तथा मासुलाई बजारमा जानबाट रोक्ने व्यवस्था गरिएको विभागको भनाइ छ। उपत्यकाका सबै क्षेत्रमा आधुनिक र व्यवस्थित वधशाला उपलब्ध छैनन्। पशु सेवा विभागका अनुसार हाल उपत्यकामा आठवटा वधशाला सञ्चालनमा छन्। सरकारले उपत्यकाका २१ स्थानीय तहमा पशु चिकित्सकसहितको टास्कफोर्स परिचालन गरेको छ। मासु परीक्षण तथा अनुगमनका लागि २४० जना मासु निरीक्षक अधिकृतले तालिम लिएको विभागले जनाएको छ। उनीहरूले पशुको स्वास्थ्य परीक्षण, मासुको निरीक्षण र स्वच्छतासम्बन्धी मापदण्ड कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछन्। सरकारको योजनाअनुसार माघ १ गतेदेखि देशका अन्य नगरपालिकामा र २०८४ साउन १ गतेदेखि सबै गाउँपालिकामा यो व्यवस्था लागू गर्ने तयारी छ। तर तोकिएको समयभित्र आवश्यक जनशक्ति, पूर्वाधार र प्रयोगशाला सुविधा उपलब्ध गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। वधशाला नहुँदा कार्यान्वयनमा चुनौती ऐन कार्यान्वयन सुरु भए पनि यसको प्रभावकारितामा व्यवस्थित वधशालाको अभाव ठूलो चुनौती बनेको छ। उपत्यकाका सबै क्षेत्रमा आधुनिक र व्यवस्थित वधशाला उपलब्ध छैनन्। पशु सेवा विभागका अनुसार हाल उपत्यकामा आठवटा वधशाला सञ्चालनमा छन्। तीमध्ये सातवटा मुख्यतः कुखुराको मासुका लागि र एउटा खसीबोकाको मासुका लागि सञ्चालनमा रहेको विभागले जनाएको छ। राँगा तथा भैँसीको वधशाला सञ्चालनको तयारी भइरहेको छ। वधशालामा पशु राख्ने स्थान, स्वास्थ्य परीक्षण गर्ने कक्ष, वध गर्ने क्षेत्र, मासु सफा गर्ने व्यवस्था, स्वच्छ पानी, फोहोर व्यवस्थापन, उपकरणको सरसफाइ र चिस्यानयुक्त भण्डारण सुविधा हुनुपर्छ। विभागका अनुसार उपत्यकामा वधशाला सञ्चालनका लागि ७८ वटा निवेदन प्राप्त भएका छन्। ती निवेदनलाई आवश्यक मापदण्ड, पूर्वाधार र प्राविधिक पक्षका आधारमा मूल्याङ्कन गरेर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाइनेछ। तर निवेदन प्राप्त हुनु र मापदण्डअनुसार वधशाला सञ्चालन हुनु फरक विषय हुन्। वधशालामा पशु राख्ने स्थान, स्वास्थ्य परीक्षण गर्ने कक्ष, वध गर्ने क्षेत्र, मासु सफा गर्ने व्यवस्था, स्वच्छ पानी, फोहोर व्यवस्थापन, उपकरणको सरसफाइ र चिस्यानयुक्त भण्डारण सुविधा हुनुपर्छ। यी सुविधा नहुँदा परीक्षण गरिएको मासु पनि त्यसपछिको प्रक्रियामा दूषित हुन सक्छ। पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७ ले वधशालामा पशु परीक्षण गर्ने स्थान, रोगी पशु राख्ने छुट्टै ठाउँ, वध तथा मासु परीक्षण गर्ने छुट्टाछुट्टै क्षेत्र, सफा पानी, उचित ढल निकास र चिस्यान भण्डारणको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ। उपकरण सफा र आवश्यकताअनुसार निर्मलीकरण गर्नुपर्ने प्रावधान पनि छ। यसले मासु स्वच्छ राख्न छाप मात्रै पर्याप्त नहुने स्पष्ट पार्छ। वधशालादेखि उपभोक्ताको भान्सासम्म पुग्ने सम्पूर्ण प्रक्रियामा स्वच्छता कायम हुनुपर्छ। छाप लागेको मासु पनि असुरक्षित हुन सक्छ मासुमा सरकारी छाप लागेको छ भन्दैमा त्यसलाई जुनसुकै अवस्थामा सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ भन्ने हुँदैन। छापले परीक्षणको समयमा मासु उपभोगयोग्य ठहरिएको जनाउँछ। त्यसपछि मासु कसरी काटियो, कहाँ राखियो, कुन तापक्रममा भण्डारण गरियो र कसरी ढुवानी गरियो भन्ने कुराले पनि यसको सुरक्षा निर्धारण गर्छ। दूषित मासु राम्रोसँग नपकाई खाँदा खाद्य विषाक्तता, झाडापखाला र पेटसम्बन्धी सङ्क्रमणको जोखिम हुन्छ। काँचो मासु काट्न प्रयोग गरिएको चक्कु, भाँडा वा बोर्ड सफा नगरी अन्य खानेकुरामा प्रयोग गर्दा पनि जीवाणु सर्न सक्छन्। परीक्षण गरिएको मासु फोहोर ठाउँमा राखियो, दूषित चक्कु प्रयोग गरेर काटियो वा सफा नगरिएको टेबुलमा राखियो भने त्यसमा पुनः जीवाणु प्रवेश गर्न सक्छन्। लामो समयसम्म कोठाको तापक्रममा राख्दा पनि सूक्ष्मजीवको वृद्धि हुन सक्छ। यसले परीक्षण गरिएको मासुलाई समेत असुरक्षित बनाउन सक्छ। मासुमा साल्मोनेला, क्याम्पिलोब्याक्टर र केही प्रकारका ई. कोलाईजस्ता जीवाणु हुन सक्छन्। दूषित मासु राम्रोसँग नपकाई खाँदा खाद्य विषाक्तता, झाडापखाला र पेटसम्बन्धी सङ्क्रमणको जोखिम हुन्छ। काँचो मासु काट्न प्रयोग गरिएको चक्कु, भाँडा वा बोर्ड सफा नगरी अन्य खानेकुरामा प्रयोग गर्दा पनि जीवाणु सर्न सक्छन्। त्यसैले काँचो मासु र पकाएको खाना छुट्टाछुट्टै राख्नुपर्छ। मासु काटिसकेपछि हात, चक्कु, टेबुल र प्रयोग भएका भाँडाकुँडा साबुनपानीले राम्ररी सफा गर्नुपर्छ। मासु किनेर ल्याएपछि सकेसम्म छिटो फ्रिजमा राख्नुपर्छ। लामो समय भण्डारण गर्नुपर्ने भए उपयुक्त तापक्रममा फ्रिजरमा राख्नुपर्छ। पकाउँदा मासुको भित्री भागसम्म राम्रोसँग पाकेको सुनिश्चित गर्नुपर्छ। उपभोक्ताले कसरी चिन्ने सुरक्षित मासु? निलो छापको व्यवस्था सुरु भएपछि उपभोक्ताले मासु किन्दा आधिकारिक छाप छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। छाप स्पष्ट देखिएको छ कि छैन, मेटिएको वा शङ्कास्पद अवस्थामा छ कि छैन भन्ने जाँच गर्नुपर्छ। छाप नदेखिएको मासु बिक्री भइरहेको छ भने विक्रेतासँग परीक्षणसम्बन्धी जानकारी माग्न सकिन्छ। काँचो र पकाएको मासु छुट्टाछुट्टै राखिएको छ कि छैन भन्ने पनि ध्यान दिनुपर्छ। शङ्कास्पद मासु बिक्री भइरहेको पाइएमा सम्बन्धित स्थानीय तह वा पशु सेवा निकायमा जानकारी गराउनुपर्छ। तर छाप मात्रै हेरेर मासु सुरक्षित छ भन्ने निष्कर्ष निकाल्नु हुँदैन। पसलको सरसफाइ, मासु राखिएको स्थान, झिँगा तथा अन्य कीराको उपस्थिति, मासु काट्ने उपकरणको अवस्था र भण्डारणको तरिका पनि हेर्नुपर्छ। मासु अस्वाभाविक रूपमा गन्हाएको छ, चिप्लो भएको छ, रङ असामान्य रूपमा परिवर्तन भएको छ वा सडेको जस्तो देखिएको छ भने छाप लागेको भए पनि सेवन गर्नु हुँदैन। छापले बिग्रिएको मासुलाई फेरि सुरक्षित बनाउँदैन। खुला ठाउँमा धुलो, धुवाँ र कीराको सम्पर्कमा राखिएको मासु किन्नु हुँदैन। काँचो र पकाएको मासु छुट्टाछुट्टै राखिएको छ कि छैन भन्ने पनि ध्यान दिनुपर्छ। शङ्कास्पद मासु बिक्री भइरहेको पाइएमा सम्बन्धित स्थानीय तह वा पशु सेवा निकायमा जानकारी गराउनुपर्छ। नियम उल्लङ्घन गरे कारबाही पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ ले मासु परीक्षण र बिक्रीलाई कानुनी दायरामा राखेको छ। ऐनअनुसार आवश्यक इजाजत नलिई वधशाला सञ्चालन गर्न वा मासु बिक्री गर्न पाइँदैन। वध गर्नुअघि पशुको परीक्षण गराउनुपर्ने र वधपछि मासु निरीक्षकबाट जाँच गराउनुपर्ने व्यवस्था छ। परीक्षणका क्रममा रोग वा खराबी देखिएमा मासु निरीक्षकले त्यस्तो मासुको आंशिक वा पूर्ण बिक्रीवितरणमा रोक लगाउन सक्छन्। छाप वा चिह्न नलगाएको मासु बिक्री गर्न पनि पाइँदैन। परीक्षण भएको मासु मात्रै बिक्री गर्ने, सफा उपकरण प्रयोग गर्ने, उचित तापक्रममा भण्डारण गर्ने र उपभोक्तालाई आवश्यक जानकारी दिने दायित्व व्यवसायीको हो। ऐनको दफा १७ अनुसार छाप नलगाएको मासु बिक्री गरेमा पहिलो पटक पाँच हजार रुपैयाँसम्म र दोस्रो पटकदेखि प्रत्येक पटक १० हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यसले मासु व्यवसायीलाई स्वच्छता र गुणस्तर कायम गर्न कानुनी रूपमा जिम्मेवार बनाएको छ। परीक्षण भएको मासु मात्रै बिक्री गर्ने, सफा उपकरण प्रयोग गर्ने, उचित तापक्रममा भण्डारण गर्ने र उपभोक्तालाई आवश्यक जानकारी दिने दायित्व व्यवसायीको हो। छापभन्दा महत्त्वपूर्ण सम्पूर्ण प्रणाली मासुमा निलो छाप लगाउने व्यवस्था उपभोक्ताको स्वास्थ्य सुरक्षाका दृष्टिले महत्त्वपूर्ण कदम हो। तर यसको सफलता छाप लगाउन सुरु भएको तथ्यले होइन, बजारमा बिक्री हुने मासु कति सुरक्षित भयो भन्ने परिणामले निर्धारण गर्नेछ। सरकारले मसी फुडग्रेड भएको दाबी गरेको छ। कानुनले पनि खाद्य प्रयोजनका लागि सुरक्षित मसी प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। अब त्यसको गुणस्तर नियमित रूपमा परीक्षण गर्ने, प्रयोग भइरहेको मसीको स्रोत र मापदण्ड सार्वजनिक गर्ने तथा अनुगमनको परिणाम उपभोक्तासम्म पुर्‍याउने जिम्मेवारी सम्बन्धित निकायको हो। मासु सुरक्षित हुन पशु स्वस्थ हुनुपर्छ, वध स्वच्छ हुनुपर्छ, परीक्षण वैज्ञानिक हुनुपर्छ र बिक्रीदेखि भण्डारण तथा पकाउने प्रक्रियासम्म सावधानी अपनाउनुपर्छ। त्यस्तै, व्यवस्थित वधशाला, पर्याप्त मासु निरीक्षक, प्रयोगशाला, चिस्यान भण्डारण र सुरक्षित ढुवानीको व्यवस्था नगरी छाप लगाउने प्रणाली मात्र प्रभावकारी हुन सक्दैन। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वधशाला, मासु पसल र ढुवानी प्रणालीको अभिलेख राखेर नियमित अनुगमन गर्नुपर्छ। व्यवसायीलाई सरसफाइ र खाद्य स्वच्छतासम्बन्धी तालिम दिनुपर्छ। अन्ततः निलो छाप मासु परीक्षण भएको पहिचान हो, सुरक्षाको पूर्ण ग्यारेन्टी होइन। मासु सुरक्षित हुन पशु स्वस्थ हुनुपर्छ, वध स्वच्छ हुनुपर्छ, परीक्षण वैज्ञानिक हुनुपर्छ र बिक्रीदेखि भण्डारण तथा पकाउने प्रक्रियासम्म सावधानी अपनाउनुपर्छ। सरकारले सुरु गरेको व्यवस्था कागज र छापमा सीमित नभई व्यवहारमा लागू गर्न सके मात्रै उपभोक्ताले यसको वास्तविक लाभ पाउनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको ...

नेपालन्युज
अयोध्या–जनकपुर रेलले खोल्यो पर्यटनको ढोका, पर्यटक टिकाइराख्न चुनौती
Latest NewsJust now

अयोध्या–जनकपुर रेलले खोल्यो पर्यटनको ढोका, पर्यटक टिकाइराख्न चुनौती

जनकपुरधाम । भारतको अयोध्याबाट रेल चढेर जनकपुरधाम आइपुगेका तीर्थयात्रीका लागि यो केवल यात्रा होइन, भगवान् रामको जन्मभूमि र माता सीताको जन्मभूमिबिचको धार्मिक सम्बन्धलाई प्रत्यक्ष अनुभूति गर्ने अवसर पनि हो ।... ...

रातोपाटी
रियल म्याड्रिड घरमै एलाभेससँग पराजित
Latest NewsJust now

रियल म्याड्रिड घरमै एलाभेससँग पराजित

काठमाडौ । रियल म्याड्रिड स्पेनी ला लिगामा शनिबार एलाभेससँग घरमै २–१ ले पराजित भएको छ । खेलको अन्त्यतिर जुडे बेलिंघमले रातो कार्ड पाए र रियल दस खेलाडीमा पनि सीमित रहेको थियो । जोसे मोउरिन्होको रियल यसअघि सबै प्रतियोगिता गरेर १० खेलमा अपराजित रहेको थियो । तर बर्नाबाउमा टोनी मार्टिनेज र एन्जेल पेरेजको गोलमा एलाभेसले दुई गोलको अग्रता लिएपछि खेलमा फर्कन सकेन् ...

केन्द्रबिन्दु
दसौं राष्ट्रिय खेलकुद : आज ८ खेल हुँदै
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : आज ८ खेल हुँदै

आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement