Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
Photo / Coverage: नेपालन्युज

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन । सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताएका छन् । पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ । यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल (एपिएफ)ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदक मात्र प्राप्त गरेको छ । कर्णालीको पदक सङ्ख्या शून्य छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए । नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गर्दा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । आज मङ्सिर १३ गते दुई खेल हुँदै छन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित... ...

रातोपाटी
लन टेनिसको छैटौँ दिन आज पुरुष डबल्स र मिक्स डबल्सको फाइनल खेल हुँदै
Latest NewsJust now

लन टेनिसको छैटौँ दिन आज पुरुष डबल्स र मिक्स डबल्सको फाइनल खेल हुँदै

आज आइतबार पुरुष डबल्सको फाइनलमा नेपाल आर्मीका राजवीर प्रधान–प्रणभ खनाल र गण्डकीका प्रदीप खड्का–करणबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ । ...

कान्तिपुर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही

• ट्राफिक प्रहरीले २४ घण्टामा ६७५ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३ चालकलाई समावेश गरि विभिन्न नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको छ। • तीव्रगति, हर्न निषेध, र अन्य कारणले ३३६ चालकलाई कारबाही गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement