मार्क वाट एनपीएल खेल्न आइपुगे नेपाल

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरे । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् । दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए । उनले मात्र ४१ बलमा कीर्तिमानी सतक प्रहार गरेका थिए । उनी आन्द्रेस गौसपछि एनपिएलमा सतक बनाउने दोस्रो खेलाडी समेत हुन् । कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान ट्वान्टी २० टिमका कप्तान साहिवजादा फर्हान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाट अनुबन्ध गरेका छ । यस्तै, कर्णालीले घरेलु खेलाडीको रुपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका
फडिन्द्र अधिकारीलेखनाथ, कात्तिक ८ गते । पर्यटकीय नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदैआएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारम... ...

फेवा किनारमा दसैं महोत्सव : विदेशीले लगाए टीका
लेखनाथ समाचारदातालेखनाथ, कात्तिक ८ गते । पर्यटन नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदै आएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा पनि फेवाताल कि... ...

पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता
दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् । ...


