Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मानव बेचबिखनसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानव बेचबिखनसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग
Photo / Coverage: टक्सार

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी प्रस्तावित कानुनमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन प्रतिनिधिसभाका सांसदहरूले माग गरेका छन्। उक्त शब्दले विशेषगरी महिलालाई अपमानित गर्ने र लैंगिक विभेदलाई बढावा दिने भन्दै उनीहरूले सम्मानजनक शब्दावली प्रयोग गर्नुपर्ने बताएका हुन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘देह व्यापार’ शब्द राख्न संशोधन प्रस्ताव गरेको बताइन्। उक्त शब्दले महिलालाई लक्षित गरी अपमान गर्ने र शोषणलाई संस्थागत गर्ने अवस्था सिर्जना गरेको उनको तर्क छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दलित समुदायका वादी महिलामाथि हुने शोषणलाई वेश्यावृत्तिका रूपमा नभई यौन शोषणका रूपमा परिभाषित गर्नुपर्ने बताए। जबर्जस्ती यौन कार्यमा लगाउने, यौन कार्य गर्न बाध्य बनाउने तथा श्रम शोषण गर्ने कार्यलाई कानुनमा स्पष्ट रूपमा समेट्नुपर्ने उनको माग छ। नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले पनि ‘वेश्यावृत्ति’ शब्द महिलालाई गालीगलौज र अपमान गर्न प्रयोग हुने गरेको भन्दै शब्दावली सुधार गर्नुपर्ने बताइन्। सरकारले यौन व्यवसायलाई पेसाका रूपमा मान्यता दिन खोजेको हो वा नियन्त्रण गर्न खोजेको हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पनि उक्त शब्द विधेयकमा राख्न नहुने धारणा राखिन्। आर्थिक रूपमा विपन्न तथा भौगोलिक रूपमा पछाडि परेका महिलालाई प्रलोभन र दबाबमा पारेर यौन व्यवसायमा लगाइने गरेको उल्लेख गर्दै उनले बेचबिखनमा परेका महिलालाई उद्धारपछि समेत सामाजिक अपमान सहनुपर्ने अवस्था रहेको बताइन्। बैठकमा सहभागी अधिकांश सांसदहरूले मानव बेचबिखनका विभिन्न स्वरूपलाई सम्बोधन गर्न यौन शोषण र श्रम शोषणको स्पष्ट परिभाषा कानुनमै समावेश गर्नुपर्नेमा जोड दिएका छन्। सांसदहरूले शब्दावली परिवर्तनमा मात्रै सीमित नभई जबर्जस्ती श्रम, यौन शोषण, धम्की तथा दबाबमार्फत व्यक्तिको स्वतन्त्रता हनन गर्ने कार्यलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट
Latest NewsJust now

टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट

काठमाडौं । राजनीतिक बहसका क्रममा दुई अतिथि विश्लेषकबीच भनाभन हुँदै हात हालाहाल भएको भिडियो आर्मेनियाको सार्वजनिक टेलिभिजनले जस्ताको तस्तै प्रसारण गरेपछि विवाद निम्त्याएको छ । नोभेम्बर १३ मा आर्मेनियाको सार्वजनिक टेलिभिजन च्यानल १ टिभीको ‘द ग्रेट डिबेट’ कार्यक्रम रेकर्ड गर्ने क्रममा राजनीतिक विश्लेषक हरुत्युन मक्र्तच्यान र पत्रकार बोरिस मुराजीबीच विवाद सुरु भएको थियो । कार्यक्रममा विपक्षी दलहरूको राजनीतिक गतिविधि र गठबन्धनबारे छलफल ...

केन्द्रबिन्दु
धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (फाेटाे फिचर)
Latest NewsJust now

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (फाेटाे फिचर)

• स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि आलु खेतीमा व्यस्त छन्। • स्याङ्जामा ३४ हजार ८१६ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ७२ हेक्टरमा आलु खेती भइरहेको छ। • आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा ३५ हजार ४१७ मेट्रिक टन आलु उत्पादन भएको छ। ...

नेपालबहस
कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन खोजियो: विद्यादेवी भण्डारी
Latest NewsJust now

कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन खोजियो: विद्यादेवी भण्डारी

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरू निरङ्कुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाएकी छन्।  राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाएकी हुन्। उनले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने बताइन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको ... ...

नेपालखबर
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
Latest NewsJust now

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

• काठमाडौं कलङ्कीमा जुवातास खेलिरहेको अवस्थामा ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। • मोरङको बेलबारीमा जुवा खेलिरहेका ५१ वर्षीय खमानसिङ लिम्बु र उनका चार साथीलाई पनि पक्राउ गरिएको छ। • प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूसँग नगद र तासको साथमा अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play