Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राजनीतिक बहसका क्रममा दुई अतिथि विश्लेषकबीच भनाभन हुँदै हात हालाहाल भएको भिडियो आर्मेनियाको सार्वजनिक टेलिभिजनले जस्ताको तस्तै प्रसारण गरेपछि विवाद निम्त्याएको छ । नोभेम्बर १३ मा आर्मेनियाको सार्वजनिक टेलिभिजन च्यानल १ टिभीको ‘द ग्रेट डिबेट’ कार्यक्रम रेकर्ड गर्ने क्रममा राजनीतिक विश्लेषक हरुत्युन मक्र्तच्यान र पत्रकार बोरिस मुराजीबीच विवाद सुरु भएको थियो । कार्यक्रममा विपक्षी दलहरूको राजनीतिक गतिविधि र गठबन्धनबारे छलफल भइरहँदा दुवैले एकअर्कामाथि व्यक्तिगत आरोप र अपशब्द प्रयोग गरेका थिए । विवाद बढ्दै जाँदा मुराजीले टेबलबाट उठेर मक्र्तच्यानमाथि प्रहार गरेपछि दुवैबीच मुक्का हानाहान र हात हालाहाल भएको थियो । प्रस्तोतासहित कार्यक्रमका अन्य सहभागीले उनीहरूलाई छुट्याउने प्रयास गरेका थिए । नोभेम्बर १५ मा प्रसारण गरिएको उक्त कार्यक्रममा टेलिभिजनले गालीगलौज र कुटाकुटको दृश्यसमेत हटाएन । प्रस्तोता तातेभ डानिल्यानले घटनालाई एकअर्काप्रति मात्र नभई दर्शकप्रतिको अपमानको संज्ञा दिइन् । तर, आर्मेनियाको टेलिभिजन तथा रेडियो आयोगले हिंसा र अपशब्दलाई सम्पादन नगरी प्रसारण गर्ने निर्णयको आलोचना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
Latest NewsJust now

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा, मङ्सिर ३ गते । हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थ... ...

गोरखापत्र
मङ्सिर ७ देखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने
Latest NewsJust now

मङ्सिर ७ देखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास... ...

रातोपाटी
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
Latest NewsJust now

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा । हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ३३७ मेट्रिकटन अर्थात् तीन हजार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play