Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मातृभाषाको विद्यालय तःमुँज्या

मातृभाषाको विद्यालय तःमुँज्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
मातृभाषाको विद्यालय तःमुँज्या

हरेक वर्ष दसैँसँगै आउँछ तःमुँज्या। दसैँ आउनु र तःमुँज्या आउनु उस्तै लाग्छ। तःमुँज्या अर्थात् नेपालभाषा साहित्य तःमुँज्या। तःमुँज्याको शाब्दिक अर्थ सम्मेलन हो। यस वर्ष तःमुँज्या ४६ वर्षको भएको छ। विगत ४६ वर्षदेखि विजयादशमीपछिका द्वादशी र त्रयोदशीमा भक्तपुरका खुला चोकहरूमा यो साहित्य सम्मेलन निरन्तर हुँदै आएको छ। आज तःमुँज्या आफैँ एउटा पर्व बनेको छ। दुवै दिन झन्डै १४-१५ घण्टासम्म चल्ने तःमुँज्या साहित्य र संस्कृतिको महोत्सव बनेको छ। दिनभर साहित्यिक एवं वैचारिक विमर्श चल्छ। त्यसपछि मध्यरातसम्म पनि सांस्कृतिक कार्यक्रमको सिलसिला रोकिन्न। भक्तपुरमा आयोजित नेपालभाषा साहित्य तःमुँज्याका लागि तयार पारिएको मञ्च। तस्बिर सौजन्य: नेपालभाषा साहित्य तःमुँज्या। पञ्चायतकालको भाषिक र प्रजातान्त्रिक आन्दोलनसँग तःमुँज्याको इतिहास गाँसिएको छ। विविध भाषा, धर्म, जाति, भेषभूषा र विचारको अस्तित्व नकार्दै सबैलाई एउटै भाषा, धर्म र सिद्धान्तमा ढाल्न खोज्ने पञ्चायती नीतिप्रतिको विमतिबाट उठेको भाषिक आन्दोलनकै एउटा हिस्सा हो तःमुँज्या। भाषिक आन्दोलनभित्र विकसित विभिन्न दृष्टिकोणमध्ये एउटा धारको प्रतिनिधित्व गर्छ तःमुँज्याले। भाषिक आन्दोलनलाई विशुद्ध भाषिक मुद्दामा सीमित राख्ने कि राजनीतिक आन्दोलनकै हिस्सा बनाउने भन्ने वैचारिक बहसका क्रममा यसको सुरुवात भएको थियो। भक्तपुरमै दसैँपछिकै समयमा अर्को ऐतिहासिक साहित्य सम्मेलन पनि हुँदै आएको छ, विराट नेपालभाषा साहित्य सम्मेलन। भाषिक आन्दोलन अलग आन्दोलन हुन सक्दैन, बरु जनताको राजनीतिक आन्दोलनकै हिस्सा बनाइनुपर्छ भन्ने मतको प्रतिनिधित्व गर्छ तःमुँज्याले। भक्तपुरमै दसैँपछिकै समयमा अर्को ऐतिहासिक साहित्य सम्मेलन पनि हुँदै आएको छ, तःमुँज्याभन्दा पहिलेदेखि नै। त्यो हो, विराट नेपालभाषा साहित्य सम्मेलन। नेपालभाषा आन्दोलनमा विराट आफैँ एउटा सम्पदा बनिसकेको छ। विराटले भाषिक आन्दोलनलाई राजनीतिक आन्दोलनबाट अलग राख्नुपर्छ अथवा भाषिक एवं जातीय आन्दोलनमै सीमित राख्नुपर्छ भन्ने मतको प्रतिनिधित्व गर्छ। विराट नेपालभाषा साहित्य सम्मेलनमा बाँसुरीवादन प्रस्तुत गर्दै युवा कलाकारहरू। तस्बिर सौजन्य: अञ्जना सिजाख्वः। त्यसैले तःमुँज्या ‘जनता रहे, भाषा बाँच्छ’ भन्छ भने विराट ‘भाषा बाँचे, जाति रहन्छ’ भन्ने मान्यता राख्छ। कहिलेकाहीँ प्रतिस्पर्धी जस्ता देखिए पनि यी दुवै सम्मेलनले नेपालभाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। तःमुँज्या साहित्य सम्मेलन भए पनि विशुद्ध साहित्यमा मात्र सीमित छैन। त्यहाँ निकै फराकिलो दायरामा वैचारिक र राजनीतिक छलफल तथा बहस हुने गरेका छन्। नेपालभाषाको सम्मेलन भए पनि यसमा नेपालभाषा बोल्ने वक्ता र स्रष्टा मात्र सहभागी हुँदैनन्। बरु नेपालका विभिन्न भाषामा बोल्ने र लेख्ने लेखक, कवि, कलाकार तथा विद्वान्हरूको साझा सम्मेलन बनेको छ तःमुँज्या। विभिन्न विषयका विज्ञहरूले पनि आआफ्नो क्षेत्रबारे बोल्ने भएकाले धेरै सहभागी तःमुँज्यालाई साहित्यिक कार्यक्रमसँगै विश्वविद्यालयको कक्षाकोठाजस्तै अनुभव गर्छन्। कतिपय गैरनेवार लेखकका लागि तःमुँज्यामा सहभागिता सांस्कृतिक अध्ययनको अवसर पनि बनेको छ। केही लेखक र कवि तःमुँज्याको भव्य मञ्चमा उभिएर सयौँ दर्शकसामु आफ्ना रचना वाचन गर्न पाउँदा त्यो वर्षको दसैँ विशेष भएको अनुभव गर्छन्। विभिन्न विषयका विज्ञहरूले पनि आआफ्नो क्षेत्रबारे बोल्ने भएकाले धेरै सहभागी दुईदिने सम्मेलनलाई साहित्यिक कार्यक्रमसँगै विश्वविद्यालयको कक्षाकोठाजस्तै अनुभव गर्छन्। उदाहरणका लागि, चिकित्सकका वक्तव्य सहभागीहरूका लागि स्वास्थ्य परामर्श बन्छन् भने कृषिविद्का कुरा किसानहरूका लागि बालीनालीसम्बन्धी प्रशिक्षण हुन्छन्। तःमुँज्याको प्रचारार्थ आयोजित सुकुन्दा र्‍यालीमा परम्परागत नेवारी पहिरनमा सजिएका महिलाहरू। तस्बिर सौजन्य: नेपालभाषा साहित्य तःमुँज्या। तःमुँज्या उमेरले हामीभन्दा जेठो छ। तर हामी तःमुँज्यासँगै हुर्कियौँ। दसैँ सकिएपछि तःमुँज्या आउँछ भन्ने कुरा बाल्यकालदेखि नै हाम्रो मनमा बस्यो। तःमुँज्याको मञ्चमा उक्लिनु हाम्रा लागि सधैँ गौरवको विषय रह्यो। त्यसैले केही न केही बहाना निकालेर हामी त्यो मञ्चमा देखिन खोज्छौँ। कुनै वर्ष कथा वा कविता वाचन गर्न, कुनै वर्ष नाटक मञ्चन गर्न। नेवाःको सन्तति भएर पनि औपचारिक रूपमा नेपालभाषा कहिल्यै पढ्न पाएनौँ। पञ्चायतको एकभाषिक नीतिको सिकार भयौँ हामी। आफ्नै मातृभाषामा लेख्न र पढ्न नआउने। धन्न घरमा नेपालभाषा नै बोलिने भएकाले बोल्नसम्म जान्यौँ। घरमा आमाबुवा, बाजेबज्यैसँग बोल्ने आफ्नै पुर्खाको भाषामा साहित्य वाचन गर्न पाउँदा सन्तोष अनुभव गर्छौँ। तर तःमुँज्या हाम्रा लागि आफ्नै मातृभाषामा लेख्न घच्घचाउने शिक्षक र विद्यालय बनेको छ। तःमुँज्याको मञ्चमा उक्लिने लोभकै कारण पनि हामीले नेपालभाषामा केही लेख्न थाल्यौँ। लेखेको मिल्दैन भन्ने थाहा छ, तैपनि लेख्छौँ। लेख्य र कथ्य भाषाबीच अन्तर हुन्छ। तर हामी कक्षाकोठामा पढाइने व्याकरणका नियमसँग परिचित नभए पनि जसरी बोल्छौँ, त्यसैलाई देवनागरीमा उतार्छौँ र तःमुँज्यामा वाचन गर्छौँ। यसो गर्दा कहिलेकाहीँ मञ्चमै आफैँले लेखेको पढ्न नसकेर असिनपसिन पनि भएका छौँ। तर घरमा आमाबुवा, बाजेबज्यैसँग बोल्ने आफ्नै पुर्खाको भाषामा साहित्य वाचन गर्न पाउँदा सन्तोष अनुभव गर्छौँ। नेपालभाषा साहित्य तःमुँज्याको प्रचारार्थ भक्तपुरमा निकालिएको सुकुन्दा र्‍यालीमा बाजागाजासहित सहभागीहरू। तस्बिर सौजन्य: नेपालभाषा साहित्य तःमुँज्या। नेपालभाषाको समृद्धि यसरी कनिकुथी लेख्दै र पढ्दै जाँदा अझ बोध भयो। ‘लेख्दै गर, बिस्तारै मिल्दै जान्छ’ भन्दै अग्रजहरूले ढाड थपथपाउँदा हामी थप हौसिँदै गयौँ। तःमुँज्या नहुँदो हो त न हामीले आफ्नो भाषामा लेख्न आवश्यक ठान्थ्यौँ, न नेपालभाषामा मात्र उपलब्ध कृतिहरू पढ्नुपर्छ भन्ने सोच्थ्यौँ। नेपाली (खस) भाषाजत्तिकै गति र सहजताका साथ नेपालभाषा पढ्न नसके पनि आज हामी नेपालभाषा पढ्न र बुझ्न सक्ने भएका छौँ। त्यसैले तःमुँज्या हाम्रा लागि राज्यले खोसेको मातृभाषा सिक्ने अधिकार फिर्ता दिलाउने विद्यालय हो। यद्यपि, तःमुँज्या र विराट सम्मेलनका निरन्तर प्रयासबीच पनि नेपालभाषा पढ्ने, लेख्ने र बोल्ने नयाँ मानिसहरू क्रमशः घट्दै जानु उदेकलाग्दो यथार्थ हो। नेपालभाषाका शब्दहरू हराउँदै र बिर्सिइँदै गएका छन्। कसैले शुद्ध नेपालभाषा बोल्दा बुझ्न सक्ने मानिसहरू पनि घट्दै छन्। स्तरीय ढंगले लेख्ने र बोल्ने मानिसको संख्या दिनानुदिन घट्दो छ। नेपालभाषाका पुस्तकको बजार पनि क्रमशः खुम्चिँदै छ। यो तःमुँज्याको मात्र चिन्ताको विषय होइन। तःमुँज्याभन्दा बाहिरका धेरै व्यक्ति, संस्था, राज्य र अन्तर्राष्ट्रिय संस्थाको पनि चासो र चिन्ताको विषय हो, बन्नुपर्छ। नेपालभाषाका चलचित्र, टेलिनाटक र म्युजिक भिडियोमा देखिने कतिपय कलाकारले अभिनयको कखरा तःमुँज्याको मञ्चमा सिकेका हुन्। तःमुँज्याको मञ्चमा नाटक मञ्चन गर्नु हाम्रा लागि सन्तोषको अर्को विषय हुन्थ्यो। एक महिनाअघिदेखि अभ्यास थालेर मध्यरातसम्म आफ्नो पालो कुर्नुपर्थ्यो। अन्ततः हजारौँ दर्शकसामु नाटक मञ्चन गरेर मञ्चबाट ओर्लँदा ठुलै परीक्षा सकेर घर फर्केजस्तो अनुभव हुन्थ्यो। तःमुँज्याको मञ्चमा उभिएपछि जोसुकैलाई पनि कलाकारको अवतार धारण गरेजस्तो लाग्ने। धेरै नवोदित कलाकारका लागि तःमुँज्याको मञ्च कलाकार बन्ने प्रारम्भिक खुड्किलो बनेको छ। आज नेपालभाषाका चलचित्र, टेलिनाटक र म्युजिक भिडियोमा देखिने कतिपय कलाकारले अभिनयको कखरा त्यही मञ्चमा सिकेका हुन्। तःमुँज्यामा देखाइने नाटक र नाचको सम्मेलन सकिएको एक सातासम्म पनि चर्चा चलिरहन्छ। धान काट्न खेत गएका किसानदेखि चियापसलका ग्राहकसम्म राम्रो प्रस्तुति र कलाकारबारे कुराकानी गर्छन्। समाजकै कथाहरू मञ्चमा प्रस्तुत हुने भएकाले पनि मानिसहरू त्यस्ता सांस्कृतिक अभिव्यक्तिबारे रुचिपूर्वक चर्चा गरिरहेका हुन्छन्। तःमुँज्याको प्रचारार्थ आयोजित सुकुन्दा र्‍यालीमा परम्परागत नेवारी पहिरनमा सजिएका महिलाहरू। तस्बिर सौजन्य: नेपालभाषा साहित्य तःमुँज्या। नाटकमा कलाकार बनेको वर्ष हाम्रो प्रस्तुतिबारे टोलछिमेकमा कस्ता टिप्पणी भइरहेका छन् भन्ने बुझ्न हामी कान ठाडो पारेर हिँड्थ्यौँ। तःमुँज्यामा नाटक देखाएकै कारण बजारमा हिँड्दा बटुवाहरूले हामीतिर औँल्याउँदै कानेखुसी गरेको पनि देखेका छौँ। यस्ता अनुभवले तःमुँज्याको जनप्रियता झल्काउँछन्। इतिहास लामो हुँदै जाँदा जिम्मेवारी र अपेक्षा पनि बढ्दै जान्छन्। तःमुँज्याको उमेर बढेसँगै भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने तथा तिनलाई मानिसका भावनासँग जोड्दै लैजाने दायित्व पनि थपिँदै गएको छ। आफ्नै मातृभाषाको सौन्दर्य बुझ्न नपाएका मानिस र नयाँ पुस्तालाई भाषाको समृद्धि बोध गराउन तःमुँज्याजस्ता मञ्च अझ सक्रिय हुन आवश्यक छ। झन्डै आधा शताब्दीको यात्रा र निरन्तरता आफैँमा उपलब्धि हो। तर निरन्तरतासँगै उपलब्धिलाई अझ विस्तार गर्नुपर्ने जिम्मेवारी पनि बढ्छ। नेपालभाषाको परिधि खुम्चिँदै गएको यथार्थलाई मनन गर्दै हजारौँ वर्षमा विकसित भाषा, संस्कृति र सभ्यतालाई जोगाउन तःमुँज्याको क्रियाशीलताले पक्कै महत्त्व राख्छ। सँगै वैचारिक छलफल र संवादको संस्कृति प्रवर्द्धन गर्न पनि तःमुँज्या जीवन्त रहनुपर्छ। अनि मजस्ता आफ्नै मातृभाषाको सौन्दर्य बुझ्न नपाएका मानिस र नयाँ पुस्तालाई भाषाको समृद्धि बोध गराउन तःमुँज्याजस्ता मञ्च अझ सक्रिय हुन आवश्यक छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
ताजा खबरJust now

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

काठमाण्डुपाटी
देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
ताजा खबरJust now

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन

बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

रातोपाटी
वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित
ताजा खबरJust now

वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै यसपटकको सिजनका लागि आफ्नो विदेशी खेलाडीको रूपमा रदरफोर्डलाई भित्र्याएको जानकारी दिएको हो । बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टि–२० क्रिकेटमा आफ्नो निर्भीक र आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् ...

केन्द्रबिन्दु
लोमन्थाङमा फुलेको फापरले जनजीवन मनमोहक
ताजा खबरJust now

लोमन्थाङमा फुलेको फापरले जनजीवन मनमोहक

हरिकृष्ण शर्मामुस्ताङ, कात्तिक ७ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ स्थित खेतबारीमा फुलेको फापरले जनजीवन मनमोहक बनाएको छ । मुस्ताङको रैथाने खाद्यबाली फापर समुन्द्री सतहको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play