Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

महिलालाई महिलाबाटै काउन्टर : देउवा पक्षले श्रृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
महिलालाई महिलाबाटै काउन्टर : देउवा पक्षले श्रृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेविसंघ अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले कात्तिक १२ गते पर्वतकी मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गर्नुभएको हो । कोइरालाले मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गर्दै ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी पनि दिनुभएको छ । यसअघि कांग्रेस सभापति गगन थापाले करुणा कुटुवाललाई नेबिसंघको अध्यक्ष मनोनीत गर्नुभएको थियो । देउवा पक्षले पनि महिलालाई नै अघि सारेर काउन्टर गरेको हो । देउवा पक्षका नेता कोइरालाले यसअघि कोइरालाले तरूण दल अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गर्नुभएको थियो। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ। उक्त महाधिवेशनअघि भ्रातृ संस्थामा अध्यक्ष मनोनीत गर्ने क्रम चलिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी
Health3h ago

डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी

इलाम। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पताल इलामले उनको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ अर्थात् ज्यान जोखिममा पर्न सक्ने अवस्थामा पुगेको जनाएको छ। आइतबार अस्पतालको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था... ...

हेल्थवाणी
पर्वत अस्पतालमा नर्सिङ कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग
Health6h ago

पर्वत अस्पतालमा नर्सिङ कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

पर्वत। पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार भएको छ। उपचाररत बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी नर्सिङ कर्मचारीमाथि गालीगलौज, हातपात तथा कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार २०८३ कात्तिक १५ गते (आज) बिहान १२ः०५ बजे अन्तरंग विभागमा उपचाररत कुश्मा नगरपालिका–२ का एक बिरामीको... ...

हेल्थवाणी
बाराको फेटा घटनाका घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङमा उपचार जारी
Health7h ago

बाराको फेटा घटनाका घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङमा उपचार जारी

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई आइतबार (आज ) नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको हो। यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा चिकित्सकले... ...

हेल्थवाणी
सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिककाे अधिकार : मुख्यमन्त्री किरण थापा मगर
Health12h ago

सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिककाे अधिकार : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको छ । आज मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको हो । उहाँले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play