महिला इन्जिनियर कुटेर पुरुषार्थ देखाउने इटहरी उपमहानगरका इन्जिनियर चौधरी पक्राउ

सुनसरी, कात्तिक ९। इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो । पीडित इन्जिनियर अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अधिकारीको जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि फरार इन्जिनियर चौधरीलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ – सभापति थापा
अर्जुन काफ्लेस्याङ्जा, कात्तिक ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु नेतृत्वमा कर्म गर्न आएको बताउनुभएको छ ।पुतलीबजार नगरपालिका –१ मा रहेका जिल्ला पार्टी कार्यालयमा... ...

एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् । उनले नेपाली क्रिकेट आजको अवस्थासम्म ...

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, […] ...
कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् । “आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ ...


