महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं। हनुमानढोका दरबार क्षेत्रमा अवस्थित तलेजु भवानी मन्दिर महानवमीको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ। मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनका लागि खुला रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। प्रत्येक वर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यो मन्दिरमा दर्शन र पूजाका लागि हजारौँ भक्तजनको उपस्थिति रहने गर्दछ। दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सरोकारवाला निकायसँगको छलफलपछि मन्दिर खोल्ने निर्णय गरिएको जानकारी दिइन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तलेजु भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो। मन्दिर परिसरमा आज राति महाअष्टमीको अवसरमा कालरात्रि पूजा गरिँदै छ। अड्डाका अनुसार कालरात्रि पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइनेछ। विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे देवीको यात्रा गराइने र बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने तालिका रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...


