महानगर र उपमहानगरका पदमा रास्वपाले गर्यो उमेदवारी आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ । पछिल्लोपटक महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उमेदवारी दिन इच्छुकका निम्ति आवेदन खुला गर्ने निर्णय गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरिएको छ । “महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उमेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरियो,” खरेलले आइतबार (कात्तिक १५) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाको ‘स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठक बसेको थियो । पार्टीका महामन्त्री एवं उक्त समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकबाट यो निर्णय गरिएको खरेलले जानकारी दिए । उमेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका निम्ति विभिन्न उपसमितिहरू गठन समेत गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जर्मनी घुम्न जाँदै हुनुहुन्छ ? बिल तिर्दा यस्तो चलन नबिर्सनुहोस् !
• जर्मनीमा साथीहरूसँग रेस्टुरेन्ट वा बारमा खानपिन गर्दा प्रत्येक व्यक्तिले आफ्नो बिल आफैँ तिर्ने चलन प्रचलित छ। • यो परम्परा निष्पक्षता र आर्थिक हिसाबमा स्पष्टता कायम राख्ने चाहनाका कारणले हो। • जर्मनी भ्रमण गर्ने विदेशीहरूले पनि आफ्नो खर्च आफैँ तिर्ने अपेक्षा गर्नु उपयुक्त मानिन्छ। ...

रास्वपाले अघि बढाउन खोजेको महाभियोग : पदमुक्तसम्म कसरी अगाडि बढ्छ प्रक्रिया ?
काठमाडौँ । एकल बुहमतको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले शनिबार न्यायालयभित्रका विकृतिलाई संसद्बाट विधिसम्मत तवरले निरुपण गर्न निर्णायक कदम चाल्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बैठकपछि... ...

प्राचीन शास्त्रको कर-नीति र आजको नेपाल
चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। असोज ७ सम्म २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ उठिसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १५.४ प्रतिशत बढी हो। गत वर्षको अनुभव भने सजिलो थिएन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यको करिब ८४ प्रतिशत मात्र राजस्व उठायो, र पुँजीगत खर्च लक्ष्यको आधा ...

नेपालमा पहिलोपटक ‘बीसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै
नेपालमा पहिलोपटक साइबर सुरक्षा सम्मेलन ‘बीसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन आयोजना गरिने भएको हो। साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सामुदायिक प... ...


