महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’

काठमाडौं । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीत सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले यही साता काठमाडौंमा विशेष समारोह आयोजना गरी दाहाललाई सम्मान गर्ने जनाएको छ । यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा.उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा यो पुरस्कार स्थापना गर्नुभएको हो । साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐनाका रूपमा आत्मसात् गर्दै आउनुभएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । दाहालका सिर्जनामा जीवनका अनुभूतिसँगै समाजका आरोह–अवरोह, सांस्कृतिक चेतना, दार्शनिक प्रश्न र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन् । उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिकालेखनसंग्रह प्रकाशित छन् । उहाँको साहित्यिक व्यक्तित्व र सिर्जनामाथि पनि विभिन्न अध्ययन तथा समालोचनात्मक कृति प्रकाशित भएका छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’लगायतका कृतिले उहाँको साहित्यिक योगदानलाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । ‘मिलाप’, ‘जनमत’ र ‘बगर’लगायतका साहित्यिक पत्रिकामा उहाँका कभर स्टोरीसमेत प्रकाशित भएका छन् । साहित्यमा मात्र सीमित नरहेको दाहालको सिर्जनात्मक यात्रा संगीत क्षेत्रमा समेत विस्तारित छ । उहाँका काव्यिक भाव र चेतनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ श्रोता तथा दर्शकमाझ आएको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन् । एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिनुभएको छ । साहित्य र संगीतलाई सिर्जनात्मक रूपमा जोड्दै नेपाली वाङ्मयमा योगदान पुर्याउँदै आउनुभएका दाहाललाई प्रदान गर्न लागिएको यस सम्मानले नेपाली साहित्य तथा गीतसंगीत क्षेत्रका स्रष्टाको योगदानको कदर गर्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अनावश्यक विलम्ब हट्दै
काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...

प्रेसविरुद्ध निरन्तर सरकार
सरकारले फेरि एकपटक प्रेसविरोधी चरित्र देखाएको छ । केही पत्रकार र पत्रकारिताका संस्थामा विना वर्दी, विना पूर्जी, विना तर्क र आधार सुरक्षा संयन्त्रका मानिस पठाएर पत्रकारहरूलाई गिरिफ्तार गरेको निन्दनीय घटना सार्वजनिक भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रताको विपक्षमा हिँडेको कुरा यो सरकार बनेयता यस सरकारले देखाएको व्यवहारले नै प्रष्ट देखाउँदै आएको छ । सरकारले प्रेस स्वतन्त्रताको आवश्यकता र महत्त्व ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

स्तरोन्नति अवधि थप्ने निर्णयले निजी क्षेत्र खुसी
काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । उक्त निर्णयले नेपाललाई ...


