Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भुभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् । देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ । विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाएका हुन् । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उनलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए । अहिले उनी जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ । The post महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा
Latest NewsJust now

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा ...

कर्पोरट खबर
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
Latest NewsJust now

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे ठक्कर दिएको थियो । ट्रकको ...

केन्द्रबिन्दु
विपदले पनि बढाउदै गरिबी
Latest NewsJust now

विपदले पनि बढाउदै गरिबी

राष्ट्रिय योजना आयोगको तथ्यांकले विपद् प्रभावित क्षेत्रलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र रोजगारीको आवश्यकता रहेको देखाएको छ। ...

कान्तिपुर
तिहार अन्तर्गत आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
Latest NewsJust now

तिहार अन्तर्गत आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play